धादिङ मंसिर १ । धादिङबेसीमा विगत केहि महिना देखि ब्याट्रीबाट चल्ने तीन पाङ्गे्र टुकटुके (टेम्पु) चल्न सुरु गरेको छ ।
नीलकण्ठ नगरपालिकाको अनुमतिमा धादिङबेसी बजार क्षेत्रमा संचालन भएको टुकटुकेले भाडामा ठग्न सुरुगरेको आवाज उठ्न थालेको छ ।
प्रदुषण रहित सानो सार्वजनिक यातयातको रुपमा धादिङबेसीले लिएको टुकटुकेले महंगो भाडा लिएको प्रति प्रशासन र नगरपालीका वेखवर जस्तै हुनुले स्थानियहरुले भाडादर नगरपालिकाले तोकिदिन आग्रह गरेका छन् ।
सुरुमा चढेपछि रु.२० लिने गरेको भएपनि हाल टुकटुकेले चढेपछि रु.२५ भाडा लिन थाले पनि स्थानियले नगरपालिकाको आडमा टुकटुके संचालनकहरुले महंगोभाडा लिएर यात्रु ठग्ने गरेको बताएका बताए। धादिङबेसी पुछार बजारबाट शान्तबजार, सुगमटोल, बीचबजार देखि सिरान बजार जहाँ झरेनी रु.२५ लिन नगरपालिकाले कसरी अनुमति दियो स्थानियहरुले आक्रोस पोखेका छन् ।
टुकटुकोयातायात व्यवसायी संघ धादिङका अध्यक्ष सुपराज लुङ्गेलीले तोकीएको भाडा रु.२० नै कोही कसैले भाडा मनलाग्दी लिएको भए अफिसमा जानकारी गराए ततकाल कार्वाही गरिने बताए । नीलकण्ठ नगरपालिकामा प्रति टुकटुके १० हजार तिरेर परमिट लिएका छौ । नगरपालिका र स्थानियको सेवामा समर्पित छौ ठग्ने त कुरैभएन अध्यक्ष लुङ्गेलीले बताए ।