धादिङबेसी स्थित पशुपतिमा सतविज छर्ने जात्रा सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १, २०७४

धादिङबेसी कात्तिक ३० । धादिङबेसी स्थित पशुपति मन्दिरमा विहिबार शतविऊ छर्ने भन्य मेला सम्पन्न भएको छ । पचास वर्ष भन्दा अघि देखि लाग्दै आएको पशुपतिको एकादशी जात्रामा सहभागि भत्तजनहरुले पितृको सम्झनामा सतविज छरेका थिए ।

जिल्ला सदरमुकाम धादिङबेसी झर्नु भन्दा पहिला २०१९ सालका यस क्षेत्रमा पशुपति मिन्दर बनाउन छलफल गरिएको र २०२३ सलामा राजा महेन्द्रले शिवमन्दिर बनाउन अनुमति दिए सँगै नियमित कार्तिक वाला चतुर्दशी मेला लाग्दै आएको मन्दिर परिसरमा बस्दै आएका रामनाथ योगीले धादिङपोष्टलाई बताए ।

धादिङबेसी सदरमुकाम रहेको क्षेत्रमा पहिला वयरघारी र केहि भुभाग खेतको फाँट थियो । साङ्कोष, मुरलीभञ्ज्याङ, पाल्पा र साँखुका स्थानियहरुको पहलमा पशुपतिनाथको मन्दिर निर्माण गरियो मन्दिर निर्माणको वर्ष नै गाउँ गाउँबाट फुलको डोली ल्याउने र मृतक आफन्तको नामामा सतविज छर्ने चलन बसेको योगि बताउँछन् ।

मसिंर कृष्ण चर्तुदशीको यस विशेष दिन नै वाला चतुर्दशी हो र आजको दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राका लागि अत्यन्त महत्पूर्ण दिनका रुपमा लिइन्छ ।

सतविज भन्नाले पितृ उद्दारसंग सम्बन्धित चर्चित धार्मिक वनहरु जस्तैः कैलाश डाँडा, श्लेष्मान्तक वन अनि अन्य आस्था गाँसिएका वनहरुमा गएर छर्ने सातप्रकारको अन्नहरु पर्दछन् । यस्ता अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्तधाना यूक्त सतविज र विभिन्न प्रकारका फूलहरु रहने गर्दछ ।