माओवादी केन्द्रका जिल्ला सदस्य काँग्रेसमा प्रवेस

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २८, २०७४

धादिङ कात्तिक २८ । नेकपा माओवादी केन्द्रका जिल्ला समिति सदस्य तथा गल्छी गाउँपालिका प्रमुखका उम्मेदवार बीर बहादुर तामाङ (विक्रम) नेपाली काँग्रेसमा प्रवेस गरेका छन् ।

स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट गल्छी गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका तामाङले काँग्रेस र माओवादीको चुनावी तालमेल भएपछि काँग्रेसलाई सहयोग गर्ने पार्टीको निर्णय बमोजिम तामाङले काँग्रेसलाई सघाएका थिए तर पनि उनको पक्षमा २ सय भन्दा माथि मत आएको थियो ।

तामाङले काँग्रेसको चुनावी सभाको कार्यक्रममा प्रवेस गर्दै कतिथ बाम एकता झुटको खेती रहेको र वर्षौ देखि एमालेको दादागीरीको पक्षमा उभिन नसक्ने बताउँदै काँग्रसमा प्रवेस गरेको बताएको भनाई उधृत गर्दै बैरेनीबाट सन्तोष अधिकारीले जानकारी दिनुभयो ।