सुमन अधिकारी
धादिङ कात्तिक २८ । गाउँ घरमा यतिबेला चुनावी रौनक खुबै तातेको छ । उम्मेदवारहरु घरदैलो कार्यक्रममा रमाइरहेका छन्, यहि क्रममा पार्टी प्रवेस पनि चलि रहेको छ ।
केही समय अगाडी नेपाली काङ्ग्रेस ले जबर्जस्ती पार्टी प्रबेस गराएको भन्दै धुवाकोटका सादुराम ओस्ति, बाबू श्रेष्ठ, धुर्ब रिमाल, टेक बहादुर श्रेष्ठ, इन्द्र बहादुर ओस्ति लगायतका कार्यकर्ता पुनबामपंथीहरुको गठबन्धनमा फर्किएको घोषणाले पार्टी प्रवेसको रौनक झनै रमाइलो बन्यो ।
धादिङबेसी सदरमुकाम रहेको नील्कण्ठ न पा १४ मा बाम गठबन्धनको चुनावी सभामा उनीहरु पुन फर्किएको घोषण गरेका थिए । वडा संयोजक नवराज दुवाडीको अध्यक्षतामा सम्पन्न चुनावी सभामा धादिङ प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा १ को बाम गठबन्धनका उम्मेदवार डा रामकुमार अधिकारीले पुन पार्टीमा फर्किएकाहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा नेकपा माओबादी केन्द्र धादिङ का सहसचिब तथा नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीले बाम गठबन्धनको जित सुनिश्चि रहेको बताएका थिए ।