धादिङबेसी । धादिङबेसी स्थित सानिमा बैंक धादिङ शाखाले सेवाग्रहीको मागलाई ध्यानमा दिँदै टोकन प्रणाली लागु गर्ने भएको छ ।
बैकले धादिङबेसीमा रहेको कार्यलय व्यवस्थापन गर्दै हाल बैक रहेको भवनको तल्लो तल समेत भाडामा लिएर सेवा सुरु गरे सँगै धादिङमा पहिलो पटक टोकन प्रणाली लागु गर्नेभएको हो ।
सेवाग्रहीका लागि विभिन्न सुविधा थप्ने योजना अनुरुप टोकन सुविधा थपे सँगै उभिएर लाइन बस्नु पर्ने समस्या हट्ने भएको छ । बैंकले तल्लो तलाबाट दबलपष्लन सेवा सुरु गरि सकेको छ । बैंकले छिट्टैनै सुन कर्जा, लकर सुबिधाको साथै ग्राहकको भिडलाई ध्यान मा राख्दै टोकन प्रणली लागु गर्न लागेको मार्केटिङ अफिसर रामहरी अधिकारिले बताए ।
सानिमा बैंक धादिङबेसी शाखा धदिङ जिल्ला भित्रका बित्तिय संस्थाहरुमा सबै भन्दा धेरै नाफा कमाउने बित्तिय संस्था हो । यस शाखाको ग्राहक सङ्ख्या २० हजार, निछेप १ अरब २० करोड र ऋण लगानी ९० करोड रहेको कुरा उक्त बैंकका शाखा प्रमुख बिशाल ढकालले जानकारी दिए ।