धादिङमा प्याब्सन र एनप्याब्सनको सामिप्यता बढ्दो

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २४, २०७४

धादिङबेसी कात्तिक २४ । धादिङमा प्याब्सन र एनप्याब्सन बीचको सामिप्यता बढ्ना थालेको छ ।

धादिङमा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन (एनप्याब्सन) मा आवद्ध विललयहरुले संयुक्त कार्यक्रम गर्दै सामित्यता बढाउन थालेका हुन् ।

एकले अर्कोलाई निशेध जस्तो गर्ने गर्दै अगाडी बढ्ने गरेका निजी क्षेत्रका विद्यालयहरुको संस्थाहरुमा आवद्ध धादिङका विद्यालयहरु हाल संयुक्त कार्यक्रम गर्दै अगाडी बढ्न थालेका छन् ।

गत जेष्ठमा यी दुई संगठनहरु आवद्ध विद्यालयहरुले संयुक्त कार्यक्रम गरी विद्यार्थीहरुलाई चित्रलेखन कार्यक्रम गराएका थिए भने शुक्रबार संयुक्त रुपमा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गराएका छन् ।

धादिङबेसी स्थित चिलड्रेनपार्क आवासिय उच्चमाविको परिसरमा आज सम्पन्न संयुक्त हाजिरी जवाफ प्रतियोगितामा एनप्याब्सन धादिङसँग आवद्ध र्न्यू किबो बोर्डिङ र धादिङ बोर्डिङ स्कुल र सुनगाभा एकेडेमी क्रमस प्रथम र दितिय र चौथो भएका छन् भने प्याब्सन सँग आवद्ध एड्भान्स एकेडेमी र चिल्ड्रेनपार्क क्रमस तृतिय र सान्तोना भएका थिए ।