धादिङबेसीमा भागवतबाट ५० लाख भन्दा बढी दान संकलन

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २४, २०७४

धादिङबेसी कात्तिक २४ । धादिङबेसी पुछारबजार स्थित पशुपती मन्दिर परिसरमा सम्पन्न भएको धार्मिक महोत्सव कार्तिक मेला तथा श्रीमद्भागवत महायज्ञबाट ५० लाख भन्दा बढी दान संकलन भएको छ ।

कात्तिक १६ गतेबाट पशुपति मन्दिर परिसरमा निर्माणधिन विन्दुकेशरा भवन निमार्णको लागि आयोजना गरिएको धार्मिक महोत्सव कार्तिक मेला तथा श्रीमद्भागवत महायज्ञबाट ५० लाख भन्दा बढी दान प्राप्त भएको हो ।

महायज्ञमा नगद २० लाख ५० हजार र करीब ७ लाख प्रति आन पर्ने ४ आना जग्गा दान प्राप्त भएको छ । भागवतमा सबैभन्दा बढी दान गर्ने धादिङ नीलकण्ठ निवासी केशव रिजाल र अम्विका रिजाल दम्पती रहेका छन् उनीहरुले १ लाख २७ हजार १२६ सहित धादिङबेसी पुछारबजारको ४ आना जग्गा समेत दान गरेका थिए । दोश्रोमा बद्री लम्सालले १ लाख २५ हजार ५ सय २५ नगद दान गर्ने सुचिमा परेका छन् ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भट्टरार्ईले धार्मिक महोत्सव समापन कार्यक्रममा बोल्दै विन्दुकेशरा विद्धाआश्रम धादिङबासीको लागि भएकोले सबैले सहयोग गर्नुपर्ने बताएका थिए । यस्तै समापन कार्यक्रममा बोलदै जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी उपरिक्षक ध्रुवराज राउतले धार्मिक महत्व र भगवान आश्रित भावना व्यक्त गरेका थिए ।

श्रीमद्भागवत ज्ञान महायज्ञको कथा धादिङबासीका चिर परिचित बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले वाचन थियो ।