धादिङबेसी कात्तिक १९ । धादिङबेसी स्थित पशुपति मन्दिर परिषरमा बृद्धा आश्रमको निर्माणाधिन भवन सम्पन्न गर्न धार्मिक महोत्सव २०७४ तथा कार्तिक मेला अन्तरगत श्रीमद्भागवत जारी छ ।
बृद्धा आश्रमको निर्माणाधिन भवन सम्पन्न गर्न सुरुभएको धार्मिक महोत्सव अन्तरगत भागवतको आज चौथो दिन नीलकण्ठ १२ की बदनकुमारी लम्सालले २५ हजार ०२५ रुपयाँ दान गर्दै चौथो दिनको साबै भन्दा बढी दान गर्ने भत्तजन बन्नु भएको थियो ।
दोश्रो दिनमा भिमबहादुर श्रेष्ठले २१ हजार १११, तेस्रो दिन यज्ञप्रसाद हुमागाईले २३ हजार १०१ र आज (चौथो दिन) बदनकुमारी लम्सालले २५ हजार ०२५ दान गर्नुभएको हो । अहिले सम्म ५ सय भन्दा माथि दान गर्नूहुनेहरुबाट २ लाख ५९ हजार १६६ नगद रकम दानबाट प्राप्त भएको आयोजकले जनाएको छ ।
पाँच सय भन्दा कम दान गर्ने भत्तजनहरुको दान रकम दान बाकसमा जम्मा गरिएकोले उक्त दान बाकसको रकम अन्तिम दिन मात्र गणना हुने बताईएको छ । नीलकण्ठ १२ साङ्कोष पशुपति मन्दिर परिषरमा बिहिबार देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको कथा वचन गर्दै धादिङबासीका चिर परिचित बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले श्रीमद्भागवतको कथा हिन्दुमात्रले हैन सबै जातजाती र अन्य धर्मालम्बी पनि सुन्न आग्रह गर्दैै आउनु भएको छ ।
कथाको बीच बीचमा हुने भजन र नाटकहरुले भत्तजनहरुमा झनै धार्मिक स्फुति बढ्ने गरेको देख्न सकिन्छ । धार्मिक महोत्सव पशुपति मन्दिर परिषरमा जिल्ला स्वास्थ्य कार्यालय धादिङले निशुल्क औंलो (सुगर) रोग परिक्षण समेत गर्दै आएको छ ।
कार्तिक १९ गते चौथो दिन प्राप्त पाँच सय भन्दा बढी दान