धादिङ कात्तिक १८ । धादिङबेसी स्थित पुछारबजार रहेको एड्भान्स एकेडेमी कक्षा १० मा अध्ययन रत अंकिता केसी जिल्ला प्रथम हुँदै गणित विषयको राष्ट्रिय प्रतियोगिताको लागि छनौंट भएकी छिन् ।
धादिङबेसीमा शनिबार भएको जिल्ला स्तरीय छनौट प्रतियोगितामा जिल्ला प्रथम हुँदै एड्भान्स एकेडेमीकी केसी अब राष्ट्रिय प्रतियोगिताको लागि छनौट भएकी हुन् । यस्तै राष्ट्रिय छनौट प्रतियोगितमा भाग लिन पाउने दितिय हुने प्रकाश गुरुङ र तृतिय सुनिल थापा मगर चिल्ड्रेन पार्क मावि, आवाश मिश्र निलकण्ठ मावि रहेका छन् ।
नेपालबाट ६ जनाले भाग लिन पाउने गणित विषयको अन्तराष्ट्रिय प्रतिस्पर्धाको लागि नेपालका ७५ जिल्लाबाट आएका प्रथम दितिय र तृतियहरु सँग प्रतिटस्पर्धा हुने छ । राष्ट्रिय प्रतियोगितमा ६ मध्य सफल विद्यार्थी जुलाई १३ मा रोमनियामा हुने अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुन पाउने छन् ।
एड्भान्स एकेडेमीमा गणित विषय पढाउँदै आएका उत्तम भट्ट आफुले पढाएको विद्यार्थी प्रथम भएकोमा खुसी व्यक्त गर्दै, धादिङका छनौट भएका विद्यार्थी राष्ट्रिय प्रतियोगितामा समेत छनौटको कामना गर्नु भयो ।
गणित ओलम्पियाड नेपालका उपाध्यक्ष महेन्द्रलाल श्रेष्ठ र सदस्य शान्तिराम अधिकारीले धादिङका विभिन्न विद्यालयबाट सहभागि २६ जलाई प्रतियोगिता गराई अंक स्कोरको आधारमा प्रथम दितिय र तृतिय हुने ४ जना विद्यार्थीलाई राष्ट्रिय प्रतियोगिताको लागि छनौट गर्नु भएको थियो ।