एड्भान्स एकेडेमीको क्वाटर फाइनल यात्रा जिवितै

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १३, २०७४

अमृत तामाङ
धादिङबेसी कात्तिक १३ ।
काठमाडौमा जारी यू-१८ राष्ट्रिय खुल्ला भलिबल प्रतियोगितामा धादिङको प्रतिनिधित्व गरेको एड्भान्स एकेडेमीको क्वाटर फाइनल यात्रा जिवितै रहेको छ ।

लिग चरणको पहिलो खेलमा मोरङ सँग पराजित भएको धादिङको एड्भान्स एकेडेमी मंगलबार बिहान ११ बजे ललितपुरको नमुना एकेडेमी सँग खेल्ले छ । एउटै पोलमा परेका एड्भान्स एकेडेमी, मोरङ र नमुना मध्य पहिलो लिग चरणमा १ टिम आउट हुने छ भने २ टिम पोल विजेता र उपविजेता बन्दै क्वाटर फाइनल यात्रा गर्ने छन् ।

देश भरिबाट २३ पुरुष र १६ महिला टिमले भाग दिएको यस प्रतियोगितामा उमेर हद बन्दी यू–१८ राखे पनि आयोजकको आँखा छल्दै २०-२४ वर्षका खेलाडी समेत खेलमा समावेस गरिएको खेल दर्शकले बताएका छन् । यू-१८ वर्षका खेलाडी रहेको टिमले क्वाटर फाईनल पछिको यात्रा गर्न निकै कठिन रहेको अड्कलबाजी दर्शकहरुले गर्न थालेका छन् ।

एड्भान्स एकेडेमीका प्रिन्सिपल तथा प्याब्सन धादिङका अध्यक्ष समेत रहेका गोविन्द बुढाथोकिले धादिङको प्रतिनिधित्व गरेको एड्भान्स एकेडमीले लिकग चरणको पहिलो खेल सन्तोष नजक खेल्न नसकेका पनि आगामी खेलहरुमा राम्रो गर्न सक्ने खेलाडी टिममा रहेकोले अबको खेलमा राम्रो नतिजा आउने विस्वास गर्नुभयो । धादिङका भलिबलका धरोहर एवम् अहिले पनि भलिबल खेललाई निरन्तरता दिँदै आउनु भएका अर्जुन गोरखालीले एड्भान्स एकेडेमीको टिम खोचको भुमिका निभाइरहनु भएको छ ।

प्रतियोगितामा १ लाख प्रथम पुरस्कार, दितिय पुरस्कार ६० हजार र तृतीय पुरस्कार ३५ हजार रहेको छ ।