धादिङ कार्तिक ११ । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका बाम गठबन्धनको कार्यकर्ता भेला सम्पन्न भएको छ ।
आसन्न मंसिर १० गतेको चुनाव लक्ष्यित गरेर बाम गठबन्धनले शनिबार एमालेका नेता शम्भु थापाको संयोजकत्वमा ३१ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको हो ।
भेलाका प्रमुख अथिति तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तरगत प्रदेश क्षेत्र नं. २ बाट उम्मेदवार माओवादी केन्द्रका नेता जगत सिंखडाले साना तिना मन मुटावलाई थाँती राखेर चुनावी मैदानमा बाम गठबन्धनले अगाडी सारेका उम्मेदवारहरुलाई भोट हाल्न अनुरोध गरेका थिए । कर्ताकर्ताको माझ वाम गठबन्धनको जित सुनिश्चित रहेको बताउँदै चुनाव पछि दु्रत गतिमा विकास गरिने बताए ।
कार्यक्रममा एमालेका नेता शम्भु थापा र माओवादी धादिङका उपाध्यक्ष रामबहादुर भण्डारीले पार्टी एकताको पूर्व सन्ध्यामा भएको चुनावी बामतालमेल स्थिर सरकार र आर्थिक समृद्धिका लागि भएको बताएका थिए । एमाले नेता उमेश थापाले स्वागत गर्नुभएको उक्त कार्यकर्ता भेला कार्यक्रमको संचालन माओवादी केन्द्रका नेता हरि अधिकारी आशिषले गरेका थिए ।