त्रिशुलीमा बस खस्दा २१ को मृत्यू उद्दार कार्य जारी

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ११, २०७४

धादिङबेसी कात्तिक ११ । धादिङको गजुरी धादिङको गजुरी गाउँपालिका वडा नं ५ बांगेमोडबाट बिहान त्रिशुलीमा बस खस्दा अहिले सम्म २१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान बिहान करीव पौने ६ बजे बजे त्रिशुली नदीमा खसेको थियो । दुर्घटना स्थलबाट १६ जना घाइतेलाई उद्धार गरिएको छ । घाइतेहरु मध्ये २ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा उद्धार कार्य जारी छ ।

धादिङका प्रहरी उपरीक्षक धुव्रराज राउतका अनुसार मृतक मध्ये १२ जनाको सनाखत भैसकेको सनाखत हुनेहरुमा सप्तरी जिल्ला बोधेवरसाई न।पा ३ का १५ बर्षिय चन्दरेखा प्रमाणी, सप्तरी जिल्ला राजविराज न।पा। १६ का ७४ बर्षिय चन्द्रवती झा, सप्तरी जिल्ला तिलाठी गाउँपालिका १ का ३३ बर्षिय मन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका २५ बर्षिय पार्वती चौधरी, सप्तरी जिल्ला बोधेवरसाई न.पा. २ का ६ बर्षिय आदित्य यादव, सप्तरी जिल्ला तिलाठी ३ निबासी ३५ बर्षिय सिमी कुमारी झा, सिराहा न।पा ८ गोलबजारका ५० र्बिषय रामकुमार यादव, सप्तरी जिल्ला देउरीमरुवा न।पा १५ का सहचालक १८ बर्षिय नरेश मुखिया, सप्तरी जिल्ला तिलाठी ३ का ३८ बर्षिय सन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका ३ बर्षिय सुशान चौधरी, सप्तरी जिल्ला नेरेया गाउँपालिका ३ का २४ बर्षिय रमानन्द यादव र भारतको मधुवनी जिल्ला विहार निवासी २९ बर्षिय ममतादेबी ठाकुररहेका छन् ।