धादिङ कार्तिक ८ । बेनिघाट रोराङ गाउँ पालिका वडा नम्बर २ महादेवस्थानमा धामीझाक्रीहरुको लागि दुई दिने आधारभुत पोषण तालिम आज सम्पन्न भएको छ ।
शान्ती नेपालद्वारा सन्चालित पोषण तथा खाद्द्य सुरक्षा कार्यक्रम अन्तर्गत आयोजना गरिएको कार्यक्रममा महादेवस्थान र बेनिघाट गा बि स का १६ जना धामिझाक्रीहरुको सहभागिता रहेको थियो । तालिममा कुपोषण, यसको कारण तथा चरण, लक्षण, यसको उपचार तथा रोकथामका उपायहरु, न्युमोनिया र झाडापखालाको कारण, लक्षण, रोकथाम र उपचारका बारेमा शान्ती नेपालका सामुदायिक स्वास्थ्य सहजकर्ता सीता सेढाइले सहजिकरण गर्नुभएको थियो ।
यसै गरि तालिममा, गर्भवती सुत्केरी र बालबालिकाका लागि थप खानाको महत्व, सन्तुलित खानाको आबश्यकता तथा महत्वका बारेमा शान्ती नेपालका सामुदायिक बिकास सहजकर्ता सन्तोषी शाक्यले सहजिकरण गर्नुभएको थियो । धामी झाक्रीहरुलाइ पोषण सम्बन्धी आधारभुत जानकारी प्रदान गर्ने र चेपाङ समुदायको खानपानमा सुधार गरि पोषण अबस्था सुधार गर्ने उदेश्यले तलिमको आयोजना गरिएको शान्ती नेपालका परियोजना सम्योजक लाल प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
तालिम पश्चात धामिझाक्रीहरुले आफुकहा उपचार गर्न आएका बिरामेहरुलाइ स्वास्थ्य सस्थामा प्रेषण गर्ने र बालबालिकालाइ सन्तुलित खाना खुवाउन परामर्श दिने प्रतिबद्दता जनाएका थिए ।