विप्लवको उद्घोषः ‘दलालको सम्पति खोसेर राष्ट्रियकरण गरिन्छ

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक ८, २०७४

काठमाडौं कार्तिक ८ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले खुलामञ्चबाट दलाल पुँजीपतिहरुको सम्पति खोसेर राष्ट्रियकरण बाताए ।

काठमाडौ स्थित खुल्ला मञ्चमा आयोजित अक्टोबर क्रान्तिको शतवार्षिकी अवसरमा बोल्दै महासचिव विप्लवले दलाल पुँजीपतिका विरुद्ध आम जनतालाई साथ लिएर दलालका विरुद्ध संघर्ष गर्ने उद्घोष गरेका हुन् ।

खुलामञ्चमा महासचिव विप्लवले भाषणका महत्वपूर्ण अंशहरू:

– कांग्रेसलाई अब म्युजियमा लगेर थन्काउनुपर्छ ।
– एमालेमा केही राष्टवादी जस्तो देखिएपनि त्यहाँ दलालहरु नै हावी छन् ।
– माओवादी मान्ने माके र माओविचारधारा पनि नमान्ने एमालेको एकता कस्तो होला रु
– माओवादको हुर्मत लिने काम प्रचण्डहरुले गरेका छन् ।
– माके मुर्कुट्टो भएर राजनीति गरिरहेका छन् ।
– यो एमाले र माकेको वाम होइन दाम गठबन्धन ्हो ।
– संसदीय राजनीति पूर्णत असफल भइसक्यो ।
– प्रचण्ड, केपी र बाबुरामले समाजवाद ल्याउने कुरा नाटक मात्र हो ।
– प्रचण्ड र केपीको गर्भभित्र समाजवाद होइन अमेरिका र भारतको गर्भ छ ।
– उनीहरुले समाजवाद जन्माउदैनन् झन् बलियो पुँजीवाद भित्राउनेछन् ।
– नेपालमा असल कम्युनिस्टहरु एक हुनुपर्छ ।
– माकेभित्र रहेका इमान्दार र क्रान्तिकारीहरुले विद्रोह गर्नुपर्छ ।
– नेपालका सबै राष्टवादी शक्तिहरु एक हौं ।
– अब दलालहरुका विरुद्ध संघर्ष केन्द्रीत गरौं ।
– राष्ट्रिय भ्रष्टचारीहरुको सम्पति राष्ट्रियकरण गर्ने अभियानमा हामीलाई साथ दिनुस् ।
– एनसेलले तिर्ने अर्बौ रकम राज्यलाई लिनुपर्छ ।
– भ्रष्टचारीलाई कार्वाही गर्दा प्रहरीले हामीलाई गिरफ्तार गर्ने होइन उनीहरुलाई गर्नुपर्छ ।
– अपरकर्णाली नेपालीहरुको हितमा आउनुपर्छ । त्यसका लागि आवश्यक परे युद्ध लडिन्छ ।
– अजय सुमार्गीको ९ अर्ब नेपाल राष्टबैकको छतमाथि नाँचिरहेकोे छ ।
– नेपाली जनतालाई आवाज उठाउने र शान्तिपूर्ण तरिकाबाट काम गर्न नदिइए हामीले बन्दुक बोक्न बाध्य हुनेछौं ।
– अहिले चीनमा सी जिन पिनहरु समाजवादको बाटो जादैछन् । यो खुशीको कुरा हो ।
– सी र चीकपाले माओको बाटो पकड्नैपर्छ ।