बाम गठबन्धनले धादिङबेसीमा संयुक्त कार्यकर्ता प्रशिक्षण गर्दै

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक ८, २०७४

धादिङबेसी कार्तिक ८ । चुनावी मैदानमा रहेका वाम गठबन्धनले आज दिउँसो ३ बजेदेखि धादिङबेसीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

माओवादी केन्द्र धादिङका उपाध्यक्ष रामबहादुर भण्डारीका अनुसार चुनावी तालमेल र चुनाव पछिको पार्टी एकीकरणका विषयमा नेताहरुले दुबै दलका कार्यकर्ताहरुलाई प्रशिक्षण दिईनेछ । तलमेलको मर्म भावना आत्मसाथ गर्न हिजोको तिक्तता अत्य गर्दै भावनात्मक सम्बन्ध विकास गर्न प्रशिक्षण मत्वपूर्ण हुने समेत भण्डारीले बताए ।

वामगठबन्धनका माओवादी केन्द्रका कार्यकताएले स्वागत गरेपनि कतिपय एमाले कार्यकर्तामा जनयुद्धदेखिको तिक्तता कायम छ । हिजो वर्ग दुस्मनका रुपमा व्यवहार प्रस्तुत गर्ने यी दुई पार्टीहरुले एकले अर्कोको आलोचना नगर्ने नीति त बनाएका छन् त्यो कार्यकर्ता पंतिमा लागु हुन सकेको छैन ।