अक्टोवर क्रान्ति दिवस खुल्ला मञ्चमा मनाईने

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक ७, २०७४

धादिङ कार्तिक ७ । नेत्र विक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले अक्टोबर क्रान्ति दिवास मनाउने भएको छ ।

संसदीय राजनीतिबाट बाहिर रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौ स्थित खुल्ला मञ्चमा बुधबार एक विशेष कार्यक्रम गर्दै अक्टोबर क्रान्ति दिवास मनाउन लागेको हो ।

नेपालका अन्य संसदिय पार्टीहरु र चुनावी तालमेलमा बनेका गठबन्धनका र चुनाव का बारे सार्वजनिक धारणा पनि उक्त कार्यक्रममा महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले राख्ने बताईएको छ ।

समकालीन नेपाली राजनीतिबारे नेकपा के भन्छ ? कथित वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनबारे नेकपाको खास धारणा के छ ? एकीकृत जनक्रान्तिले नेपालको आमूल परिवर्तन कसरी गर्दैछ ? दलाल संसदीय व्यवस्थाको विकल्प के हो ? नेपालमा क्रान्तिकारी ध्रुबीकरण किन आवश्यक छ ? नेपाली जनताले कथित प्रदेश र संघीय निर्वाचनको खारेजी किन गर्नु पर्दछ जस्ता प्रश्नहरुको जवाफ उक्त कार्यक्रमा विप्लवले दिने नेकपाका एक केन्द्रिय सदस्यले धादिङपोष्टलाई बताए