धादिङ कार्तिक ५ । मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन, नयाँ शक्ति र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । दुई गठबन्धन बीच कडा प्रतिस्पर्धा हुने झल्को ,दिँदै आज दलहरुले सदरमुकामका शक्ति पर्दशन गर्दै उम्मेदवारी दर्ता गराएका हुन् । बाजागाजाको साथमा र्याली निकाली गठबन्धन र अन्य दलहरुले जिल्ला निर्वाचन कार्यालयमा पुगी उम्मेदवारी दता गराए ।
नेपाली काँग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनले प्रतिनिधि सभा क्षेत्र नं १ र २ का लागि क्रमस विश्व अर्याल र दिलमान पाख्रिन (दुबै क्षेत्रबाट काँग्रेसे ) का तफबाट उम्मेदवारी दर्ता गराएका हुन् । भने एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रतिनिधि सभा क्षेत्र नं १ र २ का लागि क्रमस भुमि त्रिपाठी र खेम लोहनी (दुबै क्षेत्रबाट एमाले) ले उम्मेदवारी दर्ता गराएका छन् । नयाँ शक्तिका तर्फबाट राजु नेपाल, राजेन्द्र केसी विना गठबनधन उम्मेदवारी दर्ता गराए ।
यसैगरी प्रदेश तर्फ प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेश नं. १ मा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका मधुसुदन श्रेष्ठ, बाम गठबन्धनबाट एमालेका राजेन्द्र पाण्डे र नयाँ शक्तिका आरके ढुङ्गानाले उम्मेदवारी दिए ।
त्यसैगरी प्रदेश तर्फ प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेश नं.२ मा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका प्रभातकिरण सुवेदी, बाम गठबन्धनबाट माओवादी केन्द्रका शालिकराम जमकट्टेल र नयाँ शक्तिबाट सन्तोष बराकोटीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै प्रदेश तर्फ प्रतिनिधि सभा क्षेत्र नं २ को प्रदेश नं. १ मा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेस धादिङका चर्चित नेता रमेश धमला, बाम गठबन्धनबाट एमालेका रामकुमार अधिकारी र नयाँ शक्तिबाट नन्दप्रसाद काप्रीले उम्मेदवारी दिए ।
त्यस्तै प्रदेश तर्फ प्रतिनिधि सभा क्षेत्र नं २ को प्रदेश नं. २ मा लोकतान्त्रिक गठबन्धनको तर्फबाट राप्रपाका डम्बरबहादुर तामाङ, बाम गठबन्धनबाट माओवादि केन्द्रका जगत सिंखडा र नयाँ शक्तिबाट विष्णू सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।
लोक तान्त्रिक गठबन्धनको र्यालीमा राप्रपा नेता तथा पूर्व मन्त्री बुद्धिमान तामाङको नेतृत्वमा राप्रपाका नेता तथा कार्यकर्ता र नेपाली काँग्रेका नेता तथा कार्यकर्ता सहभागि थिए भने बामगठबन्धनको र्यालीमा एमालेका र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको सहभागि थिए ।
सुविधा लिन स्वतन्त्र उम्मेदवारी
निर्वाचनका दिन उम्मेदवारले पाउने विभिन्न सुविधाहरु लिन राजनैतिक दलहरुले कार्यकर्ताहरु मार्फत स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
ठूला दलहरुले सबै पदमा २ देखि ३ जना स्वतन्त्र उममेदवारी दर्ता गराउन लगाएका छन् ।
निर्वाचनका दिन उम्मेदवारहरुले पाउने यातायात सुविधा, मतदान प्रतिनिधी, मतगणना प्रतिनिधी लगायतका सुविधा पाईने भए पछि हरेक निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीहरुलेनै उम्मेदवार बनाएकोमा उनीहरुले चिन्ह सहितको प्रचार प्रसार नपाईने शर्त राखिएको छ । स्रोतका अनुसार वाम गठवन्धनलेपनि ६ वटा र नेपाली कांग्रेसका कार्यकर्ताहरुले ६ वटा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।