धादिङमा काँग्रेस, एमाले, माओवादी केन्द्र नयाँ शक्तिका उम्मेदवाहरु यी हुन्

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ४, २०७४

धादिङ कार्तिक ५ गते । धादिङको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सदस्यहरुको लागि नेपाली काँग्रस र राप्रपाको लोकतान्त्रिक गठबन्धन, एमाले र माओवादी केन्द्रको वाम गठबन्धन र नयाँ शक्ति पार्टी नेपालले उम्मेदवारहरु टुङ्ग्याएका छन् ।

नेपाली काँग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनले प्रतिनिधि सभा क्षेत्र नं १ र २ का लागि क्रमस दिलमान पाख्रिन र विश्व अर्याल (दुबै क्षेत्रबाट काँग्रेसे) लाई उठाउने भएका छन्, भने एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रतिनिधि सभा क्षेत्र नं १ र २ का लागि क्रमस भुमि त्रिपाठी र खेमलोहनी (दुबै क्षेत्रबाट एमाले) लाई उठाउने भएका छन् । नयाँ शक्तिका तर्फबाट राजु नेपाल विना गठबनधन चुनावी मैदानमा छन् ।

यसैगरी प्रदेश तर्फ प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेश नं. १ मा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँगे्रसका मधुसुदन श्रेष्ठ, बाम गठबन्धनबाट एमालेका राजेन्द्र पाण्डे र नयाँका आरके ढुङ्गानाले उम्मेदवारी दिने भएका छन् ।

त्यसैगरी प्रदेश तर्फ प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेश नं. २ मा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका प्रभातकिरण सुवेदी, बाम गठबन्धनबाट माओवादी केन्द्रका शालिकराम जमकट्टेल र नयाँ शक्तिबाट सन्तोष बराकोटीले उम्मेदवारी दिने भएका छन् ।

यस्तै प्रदेश तर्फ प्रतिनिधि सभा क्षेत्र नं २ को प्रदेश नं. १ मा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेस धादिङका चर्चित नेता रमेश धमला, बाम गठबन्धनबाट एमालेका रामकुमार अधिकारी र नयाँ शक्तिबाट नन्दप्रसाद काप्रीले उम्मेदवारी दिने भएका छन् ।

त्यस्तै प्रदेश तर्फ प्रतिनिधि सभा क्षेत्र नं २ को प्रदेश नं. २ मा लोकतान्त्रिक गठबन्धनको तर्फबाट राप्रपाका डम्बरबहादुर तामाङ, बाम गठबन्धनबाट माअाेवादि केन्द्रका जगत सिंखडा र नयाँ शक्तिबाट विष्णू सापकोटाले उम्मेदवारी दिने भएका छन् ।