धादिङबेसी कार्तिक १ । धादिङबेसी शान्तबजारमा श्याम बजगाईको फ्लावर हब ‘जरा’ नाम दिईएको पसल संचालनमा आएको छ ।
हिन्दु परम्परा अनुसार धार्मिक विधिबाट बद्रीप्रसाद दाहालको मन्त्र उच्चारण र डाक्टर नविनबन्धु पहाडीले उद्घाटन गरे सँगै श्याम बजगाईको फ्लावर हब ‘जरा’ नाम दिईएको पसल संचालनमा आएको हो ।
सदरमुकाममा नभेटिएको र अरुभन्दा पृथक व्यवसाय गर्ने बताउँदै आएका बजगाईले धादिङबेसीमा पहिलो पटक विभिन्न प्रजातिका सजावटका फुलहरु, गिफ्ट फुलहरु, मालाहरु र अन्य आकर्षक फुलका आईटमहरु पसलमा विक्रिका लागि राखेका छन् ।