मृगौला पिडितको उपचारको लागि देउसी भैलो

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज ३१, २०७४

धादिङबेसी अश्विन ३१ । दुई वर्ष देखि दुबै मृगोला फेल भै उपचार गराउन नसकि रहेका शम्भु अधिकारीको उपचार खर्च जुटाउनको लागि देउसी भैलो खेलिने भएको छ ।

धादिङ नेत्रावती गाउपालिका १ चुवाडाँडा निवासी ४१ वर्षिय अधिकारीको उपचार खर्च जुटाउन मगला देवी मा. वि. नेत्रावतीले दिपावलीको अवसरमा देउसी भैलो खेल्न लागेको हो ।

दुबै मृगोला फेल अधिकारीको नयाँ जिवनका लागि खेलीने देउसी भैलोमा सहयोग गर्न समेत आग्रह गरिएको छ ।