धादिङ आश्विन ३० । आशन्न मंसिर १० गते हुन गहिरहेको निर्वाचनको प्रतिनिधिसभा अन्तरगतको धादिङ क्षेत्र नं. २ मा नेपाली काँग्रेस धादिङका जिल्ला सभापति रमेश धमलालाई पूर्व जिल्ला सभापति रामनाथ अधिकारीले सघाउने हुनुभएको छ ।
क्षेत्र नं. २ बाट रमेश धमला, रामनाथ अधिकारी र दिलमान पाख्रिनको नाम टिकटको लागि केन्द्रमा सिफारिस भएपनि युवा नेता, चुनावको लागि नयाँ अनुहार रमेश धमलालाई रामनाथ अधिकारीले सहयोग गरि आफ्नो उम्मेदवारी फिर्ता गर्नुभएको कुरा यतिबेला सामाजिक सञ्जाल छरपष्ट बनेको छ ।
धमला पार्टी सभापति बने सँगै धादिङ काँग्रेसले काँचुली नै फेरेको काँग्रेसका युवा नेताहरुले बताउँदै आएका थिए । जनतामा स्थापित नेता मध्य पर्ने धमलालाई रामनाथ अधिकारीले छाडे सँगै काँग्रेस कार्यकर्तामा उत्साहमा छाएको छ ।
पार्टी गुटमा रुमल्लिएको काँग्रेसलाई वाम एकताले गुटबाहिर ल्याएको बताउँदै एक नेताले भने दिनमान पाख्रिन सँग पनि छलफल भै रहेको छ, उहाँ पनि पार्टी र कार्यकर्ताको भावना विपरित जानु हुँदैन उहाँले रमेश धमलालाई सहयोग गर्ने गरि छलफल अगाडी बढेको एक नेताले बताए ।