राजाराम रिजाल
धादिङ आश्विन २९ । धादिङ जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका साँखु निवासी हिराबहादुर बस्नेतको १४ औं स्मृति दिवस सम्पन्न भएको छ ।
तात्कालिन माओवादी केन्द्रले संचालन गरेको जनयुद्धका सिपाही र प्राविधिक दक्षका रुपमा रहेका हिराबहादुर बस्नेत जनयुद्धमा शेर्पा उपनामले स्थापित थिए । उनै शेर्पाको २०६१ असोज २८ गते फुलखर्कको लेकमा संचार टावरमा चट्याङपर्दा निधन भएको थियो । शनिवार माओवादी केन्द्र धादिङ नीलकण्ठ नगरपालिकाले १४ औं स्मृति दिवस सम्पन्न गरेको हो ।
स्मृति सभालाई सम्बोधन गर्दै माओवादी केन्द्र धादिङका सचिवलय सदस्य तथा नगर इन्चार्ज दिपक विश्वकर्माले शहीद, वेपत्ता, घाईते स्मरण गर्दै हिरा बहादुर जस्ता हजारौको बलिदानी नभएको भए मुलुक अहिलेको स्थानमा आईपुग्नेमा कल्पना समेत गर्न नसकिने बताउनु भएको थियो ।
जनयुद्धको उपलब्धीका रुपमा सिंहदरबारको अधिकार जनताको घरमा आएको स्मरण गर्दै माओवादी केन्द्रले शहीद वेपत्ता घाईतेको सपना सकार पर्दै जनताको आवश्यकता पुर्तिका लागि स्थिर सरकार आवस्यकता रहेकोले वाम एकतामा आशंका गरि रहनु पर्ने स्थिति नभएको बताउनु भएको थियो ।
शेर्पालाई स्मरण गर्दै माओवादी केन्द्र धादिङका नेता हरि अधिकारी आसिश भन्छन्- हिराबहादुर बस्नेत यथार्तवादी हुनुहुन्थ्यो, प्रवासबाट संगठित हुँदै नेपाल आएर माओवादीका पूर्णकालिन हुनुभएको शेर्पा वर्गदुष्मन प्रति आक्रामक हुनुहुन्थ्यो, सोलारको सम्बन्धी राम्रो अनुभवी उहाँ संचार उपकरण रहेको क्षेत्रमा सोलार मिलाउने क्रममा चट्याङ पर्दा घटना स्थल मै सहादत प्राप्त गर्नुभयो, भने उहाँ सँगै रहेका नुवाकोट चारघरेका पवन नामका कमरेड उपचारको शिलशिलामा काठमाडौमा रहँदा वेपत्ता भएका र हाल सम्म पनि वेपत्ता छन् ।