धादिङबेसी आश्विन २८ । नीलकण्ठ नगरपालिकाले खोला नाला तथा जथाभावि फोहोर फालेमा कार्वाही गर्ने भएको छ ।
नीलकण्ठ नगरपालिकाल जथाभावि फोहोर फालेमा पहिलो पटक रु २ सय, दोस्रो पटक रु ५०० र तेस्रो पटक भेटिए रु १ हजार जरिवाना गर्ने भएको हो ।
कार्तिक १ गते देखि लागु गर्ने यो नियम अन्तरगत फोहोर फालेको सुचना दिने व्याक्तिलाई नाम गोप्य राखी प्रशंसा स्वरुप जरीवानाको ५० प्रतिशत रकम दिने समेत व्यावस्था गरेको छ ।
तीन पटक भन्दा बढि फोहोर जथाभावि फालेको पाईएमा नगरपालिकाबाट पाउने सबै किसिमको सेवा रोकिने नगरप्रमुख भिम प्रसाद ढुङ्गानाले बताउनुभयो ।
उहाँले नीलकण्ठ नगरपालिका, शसस्त्र प्रहरीबल र टोल सुधार महासमिति धादिङको संयुक्त आयोजनामा भएको नगर सरसफाई विषेश अभियानमा क्रममामा यस्तो बताउनु भएको हो ।
सरसफाई अभियान गरेपनि फोहोर व्यावस्थापन हुन नसकेपछि जरीवानाको लिने निर्णय गरीएको नगरपालिकाले जनाएको छ । पटकपटक जनचेतना जगाए पनि खोला र घर अगाडी भएको नालाहरुमा फोहोर फाल्न छोडेका छैनन् । आज टोल सुधार समितिका पदाधिकारी, सुरक्षा निकाय, सरकारी निकाय, नगरपालिका लगायतले खोला नालाको फोहोर सफा गरेको थियो ।