धादिङमा विवेकशील साझा पार्टीको अन्तरक्रिया

Avatar photo
Dhadingpost
शनिबार, अशोज २८, २०७४

धादिङबेसी आश्विन २८ । नेपाली राजनीतिमा वैकल्पिक शक्तिको रुपमा उदाउदै गरेको विवेकशील साझा पार्टी धादिङ भित्रिएको छ ।

विवेकशील साझा पार्टीका सदस्यहरुले धादिङबेसीमा पहिलोपटक अन्तरक्रिया र शुभकामना आदानप्रदान गर्दै धादिङमा विवेकशील साझा पाटी भित्रिएको बताएका हुन् । दीपावली, छठ र नेपाल सम्वतको अवसर पारेर धादिङवेशीमा शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

अन्तरक्रियामा बोल्दै विवेशील साझा पार्टीका केन्द्रिय सदस्य द्धय ज्ञानेन्द्र निरौला र विजयभक्त श्रेष्ठले बर्तमान राजनितिलाइ सफा र सभ्य, देश विकास केन्द्रित बनाउनको लागि विवेकशील साझा पार्टी जन्मिएको बताएका थिए ।

जिल्ला सदरमुकाम बाहिर विवेकशील साझा बन्नुअघि विवेकशीलको कार्यक्रम भइरहे पनि विवेकशील र साझा एक भएपछि धादिङ जिल्लामा गरेको पहिलो कार्यक्रम हो । कार्यक्रममा धादिङका विभिन्न गाउँपालिकामा रहेर विभिन्न पेशा ब्यवसायमा संलग्न भएका युवाहरुको सहभागीता रहेको थियो ।