कमाई…..
(त्यो चोकमा हिजो पनि देखे
आज पनि देखे)२
तर सधै एउटै देखे
(एउटा साने झुप्रै थियो)२
झुप्रैमा काले काले दाई
अनि एउटी सुन्दर युवती
(बेलुकी साझ पख थियो)२
दाइ र बहिनीको धमाधाम थियो
(दाई हाल्दै थियो, बहिनी थाप्दै थिई)२
हो यसरी नै चलिरहेको थियो ।
त्यो चोक अनि त्यो साँझ ।
(दाइले भन्यो, कति हालै ? )२
अझैँ हाल्नु न अझैँ
भन्दै थिइ, बहिनीले
(दाई हालेको हालेकै
बहिनी थापेको थापेकै)२
घरी घरी बहिनी
छवल्ला पानी फाल्छे
(अनि भन्दै थिइ
आलु पनि हाल्नुहोस न दाई)२
हो यसरी नै चलिरहेको थियो ।
त्यो चोक अनि त्यो साँझ ।
(पछाडी लहरै उभिएका
ठिटाहरुले नि भन्न थाले)२
दाई हाम्रो पालो आएन ?
दाईले भन्यो, एकैछिन पख
हो काम धमाधम थियो
(साच्चै कमाई त यसरी पो हुदोरहेछ)२
हरेक दिन चलिरहन्छ ।
रहेक साझँ चलिरहन्छ ।
हो त्यो चोकमा चलिरहन्छ ।
पानीपुरीको व्यापार
अनि टन्नै कमाइरहन्छ ।
त्यो काले दाईले पैसा !
-नवीन कुलुङ ‘Rozzbin’