गठबन्धनबाट बाहिरियो नयाँ शक्ति (विज्ञप्ती सहित)

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २७, २०७४

धादिङ आश्विन २७ । नयाँ शक्ति नेपाल बाम गठबन्धनबाट बाहिरिएको घोषणा गरेको छ ।

शुक्रबार विस्तारित बैठकले गठबन्धन त्यागेर आफ्नै चुनाव चिन्ह आँखा चिन्हमा चुनाव लड्न् निष्कर्ष निकाल्दैगठबन्धनबाट अलग्गिएको घोषण गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, गठबन्धनमा आवद्ध दलहरु नेकपा माओवादी केन्द्र र एमाले साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने बताइएको छ ।