समाजसेवी धादिङका लोक दाहाल काठमाडौमा

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २७, २०७४

धादिङ आश्विन २७ । धादिङ बुढाथुमका लोक दाहाल यतिबेला काठमाडौमा छन् । अठार वर्ष अघि रोजगारीका लागि बेल्जियम पुगेका लोक दाहाल अहिले बेल्जियममा चार रेष्टुरेन्टका मालिक हुन् । समाजसेवीका रुपमा नेपालमा छवि वनाउदै गरेका उनी हाल बेल्जियमको एनआरएनको अध्यक्षमा निर्वाचित भए सँगै १ सय ४१ सदस्यको प्रतिनिधित्व गर्दै नेपालमा हुन गहिरहेको एनआरएनएको चुनावको लागि उनी यतिबेला काठमाडौमा रहेका हुन् ।

यतिबेला एनआरएनको चुनावी प्रतिस्पर्धामा रहेका व्यक्तिहरु भन्दा बढी मिडिया चर्चामा समेत छन् दाहाल । सामाजिक काम र विकास प्रेमीभए कै कारण चर्चामा रहेका दाहाल बारे केहि जानकारी यस्ता छन् । बेल्जियमको रेष्टुरेन्टमा भाडा माझ्ने देखि खेतबारीमा काममा सरिक दाहल अहिले आफै मालिक बनेका छन् ।

दाहालको बेल्जियम यात्रा
१. सुरुमा ट्राभल एन्ड टुरिजम विषयको अध्ययन गर्न नेपालबाट सिंगापुर पुगेका उनी भिजिट भिसामा सन् १९९९ मा बेल्जियम पुगेका थिए ।
२. बेल्जियममा शरणार्थी सम्बन्धि अध्ययन गरेका उनले सन् २००४ मा त्यहाँको पिआर पाउन सफल भए ।
३. सन् २००४ देखि नै उनी गैरआवासीय नेपाली संघ (एनआरएन) बेल्जियमको कोषाध्यक्ष पदको उम्मेदवार बनेका दाहाल सो समय पराजित हुन पुगे ।
४. सन् २०१५ मा भएको निर्वाचनबाट (एनआरएन) बेल्जियमको महासचिव पदमा विजय भएका थिए ।
५. २०१७ सेप्टेक्बरमा भएको निर्वाचन एनआरएनए बेल्जियमको अध्यक्ष पदमा विजयी भए ।

समाजिक पक्ष
१. दाहालले नेपाल प्रतिको प्रेमकै कारण यहाँ आइपर्ने प्राकृतिक प्रकोपमा सहयोगी हात अघि बढाउनुका साथै मुलुकको स्वास्थ्य, शिक्षा क्षेत्रको विकासमा पनि सहयोग गर्दै आएका छन् ।

२. नेपालमा विसं २०७२ साल बैशाख १२ गते गएको भूकम्पले निम्ताएको विपतका बेला पिडितलाई राहत वितरण देखि पुनर्निर्माणमा दाहाल स्वयम उपस्थित भै अतुननिय सहयोग गर्न सफल बने ।

३. जन्मभुमी धादिङ जिल्लाको बुढाथुम वडा नं ७ का एक सय ३० घरधुरीमा १५ लाख रुपैयाँ बराबरको जस्तापाता सहयोग रबेल्जियमबाटै २७ जना चिकित्सक सहितको टोली ल्याएर १५ दिन सम्म स्वास्थ्य शिविर संचालन गरे, शिबिरबाट १५ सय भन्दा बढीले प्रत्यक्ष लाभान्विन्त भएका थिए ।
४. धादिङ बुढाथुम मै १ करोड २० लाख रुपैयाँको लागतमा बद्री विशाल उच्च माध्यामिक विद्यालयको भवन निर्माण गर्नुका साथै सोही स्कूलमा ५ लाख रुपैयाँको लागतमा खानेपानी ट्याङकी निर्माण गरिदिएका छन् ।

५. धादिङ कै बसेरीको महालक्ष्मी उच्च मावि र शिवालय उच्च माविको जग्गा खरिदमा १५ लाख रुपैयाँ सहयोग गरे ।

६. दैलेखमा जलेर घाइते बनेका राउटे कपिल शाहीलाई दाहालले पुरै उपचार खर्च सहयोग गरे।

तय भैसकेको आगामी सामाजिक कार्य
१. आउँदो अप्रिलमा मुस्ताङ जिल्लामा स्वास्थ्य शिविर संचानल गर्ने त्यसका लागि लागि २४ जनाको टोली लिएर दाहाल आफै जाने ।
२. नोभेम्बरमा अफ्रिकाको तान्जेनियामा स्वास्थ्य शिविर संचालन गर्ने
३.धादिङका विभिन्न विद्यालय र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने ।