ढुङ्गाले लाग्दा तिप्लिङमा एकको मृत्यू दुई घाइते

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २७, २०७४

धादिङ आश्विन २७ । धादिङको उत्तरी क्षेत्रमा अवस्थित रुबीभ्याली गाउँपालिको वडा १ तिप्लिङमा ढुङ्गाले लागेर एक महिलाको मृत्यू भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बारीमा गहुँ छर्न गएका ३ जना मध्ये ४६ वर्षिय सर्किमाया तामाङको बारीको माथिबाट ढुङ्गा खसेर लाग्दा मृत्यू हो भने अन्य २ जना घाईते भएका छन् ।

घाइते हुनेमा २४ वर्षिय मेन तामाङ र उहाँको ४ वर्षिय छोरा निर्मल तामाङ रहेका छन् ।

ढुङगाले लागेर घाईते सर्किमायालाई २ घण्टा टाढाको दुरीमा रहेको स्वास्थ्य चौकी लाने क्रममा मृत्यू भएको स्थानियले बताएका छन् ।