धादिङ आश्विन २३ । नीलकण्ठ नगरपालिका खाल्टेका युवराज खतिवडाले धादिङ–पोखरा सम्पर्क समाजलाई जग्गा दान गर्ने भएका छन् ।
धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष समेत रहेका खतिवडाले समाजको भवन निमार्णका लागि आश्विन २८ गते हुने साधारणसभा तथा अधिवेशनमा धादिङबेसी सिरानबजारको १० आना जग्गा दान गर्न लागेका हुन् ।
पोखरामा व्यवसाय गर्दै आएका खतिवडा एक सफल व्यवसायी हुन् । आफ्नो व्यवसाय सँगै सामाजिक क्षेत्रमा आफ्नो सकृय उपस्थिति देखाउँदै आएका खतिवडा सफल युवा व्यवसायी मध्य पर्ने गर्दछन् ।
नेकपा माओवादी केन्द्र धादिङ प्रदेश नम्बर २ को १ नम्बर क्षेत्रमा उम्मेदवारको टिकटको लागि जिल्लाबाट सिफरिसमा परेका खतिवडा राजनीतिक क्षेत्रमा पनि उत्ति कै क्रियाशिल छन् उनी भन्छन्,-मेरो राजनीतिक यात्रा समाजलाई समुन्नत बनाउन हो, मलाई चाहिने सम्पत्ती कमाई सकें, अबको समय धादिङका जनताको सेवा गर्ने मनोभावका साथ चुनावमा उम्मेदवारी दिने मनस्थिति बनाएको हुँ ।