धादिङबेसी आश्विन २२ । सिद्धलेक गाउँपालिका अन्तरगत पिपलटारबाट प्रहरीले २ लाख नगद सहित ९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।
सिद्धलेक गाउँपालिका वडा नं. ७ का रामशरण सेढाईको घरमा तास खेलि रहेका जानकारी पाएपछि पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
ईलाका प्रहरी कार्यालय गजुरी धादिङवाट खटि गएका प्रहरी कर्मचारीहरुले निजहरुलाई पक्राउ गरी खान तलासी गर्दा निजहरुवाट जुवा खेल्न प्रयोग गरेका निम्नानुसारको रकम समेत फेला पारी वरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका दिनेश सापकोटा, विश्व कुमार वस्नेत, बम वहादुर तामाङ, कृष्णलाल श्रेष्ठ, सुदिप उप्रेती, दिपेन्द्र मल्ल, र सिद्धलेक गाउँपालिका राजेन्द्र अधिकारी, रमेश ढुंगाना, कुमार थपलिया रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनीहरुको साथबाट नगद रु २,००,५००।–(दुई लाख पाँच सय) र जुवा खेल्न प्रयोग भएका ५६ पत्ति तास पनि प्रहरीले जफत गरेको छ ।