हरि पन्त, पोखरा
आश्विन २२ । धादिङबाट पोखरामा रहि विभिन्न पेशा व्यवसाय गर्ने धादिङ ज्वालामुखि गाउँपालिकाका धादिङेहरुले धादिङ–पोखरा सम्पर्क समाज, ज्वालामुखी गाउँपालिका इकाइ गठन गरेका छन् ।
समाजको विधान अनुसार पोखरामा रहेका ज्वालामुखी गाउँपालिका वासीको भेलाले शनिवार इकाइ गठन गरेका हुन् । राज्यको पुनःसंरचना अनुसार ज्वालामुखी गाउँपालिकामा साविकको ढोला, खरी, चैनपुर र मैदी गाविस छन् । भेलाले शेरबहादुर अधिकारीलाई अध्यक्ष चयन गरेको छ । अधिकारी साविक खरी इकाइ पूर्व अध्यक्ष हुन् । इकाइको उपाध्यक्षमा यादुप्रसाद ढकाल छन् । उनी धादिङ–पोखरा सम्पर्क समाजका कार्यसमिति सदस्य र साविक ढोला इकाइ उपाध्यक्ष समेत हुन् ।
यसैगरी इकाइको उपाध्यक्षमा समाजका कोषाध्यक्ष समेत रहेका समीर अर्याल, युवराज इटनी, सचिवमा सरोजसिंह कुँवर, सह सचिवमा सन्देश ढकाल, कोषाध्यक्षमा केशरप्रसाद काप्री र सह कोषाध्यक्षमा देवराज अर्याल छन् । सचिव कुँवर साविक ढोला इकाइ पूर्व सचिव र कोषाध्यक्ष काप्री साविक खरी इकाइ पूर्व सचिव हुन् ।
कार्यसमिति सदस्यमा शिव दुुवाडी, प्रदीप दुुवाडी, गोपाल भण्डारी, सुुब्बा भण्डारी, नारायण दुवाडी र सुदीप कंडेल छन् ।
धादिङ–पोखरा सम्पर्क समाजका पूर्व अध्यक्ष रुद्रप्रसाद खनालको अध्यक्षतामा भएको भेलामा समाजका अग्रज रामकृष्ण दुवाडी, होमनाथ सिलवाल, सरोजसिंह कुँवर लगायतले बोलेका थिए । अध्यक्ष निर्वाचित भएपछि अधिकारीले पोखरामा रहेका ज्वालामुखी गाउँपालिकावासीलाई गोलवद्ध गर्ने, स्मारिका प्रकाशन गर्ने, समय सापेक्ष काम गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।