काँग्रेस, एमाले र माओवादी केन्द्र धादिङका उम्मेदवारहरु

Avatar photo
Dhadingpost
शनिबार, अशोज २१, २०७४

धादिङबेसी आश्विन २१ । धादिङबाट तीन ठुला पार्टीहरु (नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र ) ले माथिललो कमिटिमा मंसिर १० गते हनेु प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छन् । गुटमा रुमल्लिएका यी तीन पार्टीलाई उम्मेदवारको नाम सिफारिको लागि निकै चुनौतिहरु सामना गर्नु परेको थियो । एक भन्दा बढी व्यक्तिको नाम एकै पदका लागि  माथिल्लो कमिटिमा सिफारिस गरेका छन् ।

दलहरुमा चुनावी तालमेलको गठ जोडको हुने पक्का पक्की सँगै वामपन्थी कार्यगत एकता धादिङमा भएपनि लोक तान्त्रिकदलहरु बीच कार्यगत एकता भए कडा प्रतिस्पर्धा हुने देखिन्छ । कार्यगत एकता हुने घोषणा गरिए पनि कुन दलका उम्मेदवारले कुन क्षेत्रमा उम्मेदवारको टिकट पाउने अझै केहि दिन कुर्नु पर्ने भएपनि दलहरुले सवै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम माथिल्लो कमिटिमा प्रस्ताव गरेका छन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १
१.नेपाली काँग्रेसः विश्वप्रकाश अर्याल, देवप्रकाश त्रिपाठी, विदुर अकौलिया
२.एमालेः भुमि त्रिपाठी, युवा संघका सचिवालय सदस्य रमेश आचार्य र नरेश खतिवडा (राजेन्द्र पाण्डे र गंगालाल तुलाधरको समेत दावी)
३.माओवादी केन्द्र: शालिकराम जमकट्टेल

प्रतिनिधि सभा क्षेत्र नम्बर २
१.नेपाली काँग्रेसः रमेश धमला, रामनाथ अधिकारी, दिलमान पाख्रिन, डा राजाराम कार्की, गंगाराम तामाङ
२.एमालेः खेम लोहनी, गुरुप्रसाद बुर्लाकोटी, बेद बहादुर खाँण, भरत ढुङ्गाना, लक्ष्मी श्रेष्ठ र देवेन्द्र अधिकारी
३.माओवादी केन्द्रः ध्रुर्व विक्रम मल्ल

प्रतिनिधि सभा क्षेत्र नं १ अन्तरगत प्रदेश सभा क्षेत्र नं क
१. नेपाली काँग्रेसः अर्जुनप्रसाद उप्रेती, मधु श्रेष्ठ, बाबुकृष्ण सापकोटा
२. एमालेः नेत्र पौडेल, कुमार पाण्डे, केदार खतिवडा, रामराज पाण्डे, सुरेश आचार्य, उद्धव लुइटेल, दिनेश रुपाखेती, देवकी पौडेल
३. माओवादी केन्द्रः बासुदेव बास्कोटा

प्रतिनिधि सभा क्षेत्र नं १ अन्तरगत प्रदेश सभा क्षेत्र नं ख
१.नेपाली काँग्रेसः खिल गिरी, कविता इटनी, बद्री अर्याल हरिभक्त त्रिपाठी, प्रभातकिरण सुवेदी
२. एमालेः शिव कडेल, मीनराज कडेल देवप्रसाद त्रिपाठी र लक्ष्मण शर्मा
३. माओवादी केन्द्रः चन्द्रबहादुर सिलवाल

प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं क
१. नेपाली काँग्रेसः कल्पना अधिकारी, यमनाथ दनै, राकेश धमला
२. एमालेः डा. रामकुमार अधिकारी, पार्वती खाँण, खेम पाठक, धर्म अर्याल, राजेन्द्र सापकोटा
३. माओवादी केन्द्रः युवराज खतिवडा र शम्भु श्रेष्ठ

प्रतिनिधि सभा क्षेत्र नं २ अन्र्तगत प्रदेश सभा क्षेत्र नं ख
१. नेपाली काँग्रेसः फणीकान्त छत्कुली, तिलक रुवाली, हरिराम बुर्लाकोटी
२. एमालेः इन्द्रबहादुर श्रेष्ठ, फुरबहादुर तामाङ, नारायणबहादुर कार्की, बाबुकृष्ण श्रेष्ठ, गोपीप्रसाद पाण्डे, लीलाबहादुर खड्का, इन्दिरा ढुङगाना, गोपाल गुरुङ, उमेश थापा, भरतबहादुर खत्री र धनबहादुर घले
३. माओवादी केन्द्रः जगत सिंखडा

नेपाली काँग्रेस र माओवादी केन्द्रका समानुपातिक सुचिमा सिफारिस गरिएका उम्मेदवारहरुको नाम समावेश गरिएको छैन ।