माओवादी केन्द्र धादिङले टुङ्ग्यायो उम्मेदवार

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १७, २०७४

धादिङ आश्विन १७ । माओवादी केन्द्र धादिङले आगामी मंसिर १० गते हुने केन्द्र र प्रदेशको चुनावको लागि उम्मेदवारको नाम टुङ्ग्याएको छ ।

विगत ३ दिन देखि चरण चरण गरि बसेको बैटकले विवादका वावजुत उम्मेदवारको नाम टुङ्ग्याएको हो ।

जनयुद्धकालिन नेता रामहादुर भण्डारी केन्द्र वा प्रदेशको लागि प्रत्यक्ष तर्फ उम्मेदवारको आकाँक्षी बनेपछि विगत ३ देखि वैठकले पूर्णता पाउन सकेको थिएन अन्तत भण्डारीले वैठकको निर्णय पुस्तिकामा नोट आफ डिसेन्ट लेखेर बैठकको निर्णय मान्ने भएपछि आज उम्मेदवारको नाम छनौट गरिएको वैठकमा सहभागि एक नेताले बताए । स्रोतका अनुसार

प्रत्यक्ष तर्फ कस कसले पाए टिकट
केन्द्र तर्फ

क्षेत्र नं १ बाट शालिकराम जमकटटेल्
क्षेत्र नं २ बाट ध्रुर्व विक्रम मल्ल
प्रदेश तर्फ
१. बासुदेव बासकोटा
२. चन्द्रबहादुर सिलवाल
३. युवराज खतिवडा
४. जगत सिंखडा