नेपाली काँग्रेस धादिङले पठायो उम्मेदवारको नामावली

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १७, २०७४

धादिङ आश्विन १७ । धादिङमा यतिबेला दलहरु निर्वाचन केन्द्रित बनेका छन् । माओवादी केन्द्र उम्मेदवार छनौटको छलफल मै छ भने एमालेले पनि छलफललाई निरन्तरता दिईरहेको छ । मंसिर १० गते हुन गहि रहेको प्रेदेश र केन्द्रको चुनावको लागि नेपाली काँग्रेस धादिङ कार्यसमितिले उम्मेदवारी टुङ्ग्याउन नसकेपछि आकाँक्षीहरुको नाम सोमबारको बैठकले क्षेत्रिय समितिमा पठाउने निर्णय गरेको छ ।

यी हुन क्षेत्रमा सिफारिस गरिएका आकाँक्षी उम्मेदवारहरु
केन्द्रीय संसद्का लागि

क्षेत्र नं १ बाट विश्वप्रकाश अर्याल, देवप्रकाश त्रिपाठी, विदुर अकौलिया ।
क्षेत्र नं २ बाट रमेश धमला, रामनाथ अधिकारी, दिलमान पाख्रिन, डा राजाराम कार्की, गंगाराम तामाङको नाम सिफारिस गरिएको छ ।

प्रदेश संसद्का लागि
क्षेत्र नं १ बाट अर्जुनप्रसाद उप्रेती, मधु श्रेष्ठ, बाबुकृष्ण सापकोटा,
क्षेत्र नं २ बाट खिल गिरी, कविता इटनी, बद्री अर्याल हरिभक्त त्रिपाठी, प्रभातकिरण सुवेदी,
क्षेत्र नं ३ बाट कल्पना अधिकारी, यमनाथ दनै, राकेश धमला,
क्षेत्र नं ४ बाट फणीकान्त छत्कुली, तिलक रुवाली, हरिराम बुर्लाकोटी