धादिङबेसीमा डेङ्गो नियन्त्रण गर्न २० टोली परिचालन गरिने

Avatar photo
Dhadingpost
सोमवार, अशोज १६, २०७४

धादिङबेसी आश्विन १६ । धादिङबेसी स्थित जिल्ला अस्पतालमा दिनानु दिन डेङ्गो रोगी भेटिएको खबर धादिङपोष्टले खवर प्रकाशित गरेपछि धादिङबेसी र आसपास क्षेत्रमा डेङ्गो नियन्त्रण अभियान चलाईने भएको छ ।

आज दिउँसो महामारी नियन्त्रण विभागका कर्मचारी धादिङबेसी आए सँगै जिल्ला स्वाथ्य कालर्यालयको आव्हानमा बसेको सरोकारवालाहरुको बैठकले मंगलबार देखि नै ५-१० जना संमिलित २० टोली बनाएर बजार क्षेत्रमा डेङ्गो नियन्त्रण अभियान संचालन गर्ने निर्णय गरेको हो ।

सदरमुकामका प्रत्यक घरमा स्वस्थ्यकर्मीको टोली पुग्ने र लामखुट्टे बस्ने ठाउँहरुको अवलोकन गरी विषाधी छर्ने गरि स्वस्थ्य कर्मी विद्या तामाङको नेतृत्वमा अभियान संचालन गर्न लागिएको निलकण्ठ नगरपालिका उप प्रमुख मनराज भण्डारीले बताउनु भयो ।

अहिले सम्म जिल्ला अस्पतालमा उपचार गराउन आएका २० जनामा डेङ्गो रोग फेला परेको छ ।

नीलकण्ठ नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन, महामारि नियन्त्रण विभाग, अन्य संघ संस्थाहरुको प्रमुख तथा प्रतिनीधि सहभागि रहेको वैठकले सम्भावित महामारी रोक्न डेङ्गो नियन्त्रण अभियान संचालन गर्ने निर्याउ गरेको हो ।