माओवादी केन्द्र धादिङको उम्मेदवार छान्ने जिम्मा कार्यालयलाई

Avatar photo
Dhadingpost
सोमवार, अशोज १६, २०७४

धादिङ आश्विन १६ । नेकपा माओवादी केन्द्र धादिङको सचिवालयको वैठक सम्पन्न भएको छ ।

आगामी मंसिर १० गते सम्पन्न हुन लागेको प्रदेश र केन्द्रको चुनावमा कस्लाई टिकट दिने भन्ने सुझाव संकलन तथा उम्मेदवार सिफारिस गर्न बसेको सचिवालयको बैठकले निर्णय गर्न नसके पछि उम्मेदवार छनौटको जिम्मा कार्यालय टिमलाई दिँदै बैठक सम्पन्न भएको हो ।

आइतबार र सोमबार चरण चरणमा बसेको वैठकले आकाँक्षीहरु बीच कस्लाई टिकटको लागि सिफारिस गर्ने छलफल गरेको थियो ।
छलफल जारी छ मंगलबार बिहान पुन कार्यालयको बैठक बसी निचोड लिकालिने जिल्ला सचिव विजय बुर्लाकोटीले धादिङपोष्टलाई बताउनु भयो । उहाँले छलफलकै चरणमा छौ, आकाँक्षी बढी हुने स्वभाविक नै हो तर विवाद छैन पार्टीले गरेको निर्णय सबैले मान्ने कुरा हुन्छ मंगलबार सम्ममा टुङ्याउने गरि छलफल जारी रहेको बताउनु भयो ।

अहिले सम्म चर्चामा रहेका प्रदेश र केन्द्रका उम्मेदवारहरुको नाम पुष्पविक्रम मल्ल, शालिकराम जमकट्टेल, रामबहादुर भण्डारी, ज्योती अधिकारी, ध्रुर्व विक्रम मल्ल, जगत सिंखडा, युवराज खतिवडा, सोम्बोले तामाङ, दिपक विश्वकर्मा, मिम्बा तामाङ र शम्भु श्रेष्ठ रहेको एक पदाधिकारीले बताए ।