धादिङबेसी आश्विन १५ । धादिङमा डेङगु रोगका बिरामी दिन प्रतिदिन बढ्दै गएका छन् ।
आश्विन १ गते सम्म ३ जना डेङगु रोगका बिरामी भेटिएकोमा आश्विन १५ गते सम्म आई पुग्दा १७ जनामा डेङ्गो रागका बिरामी भेटिई सकेका छन् ।
जिल्ला अस्पताल धादिङमा रहेको रेकर्ड अनुसार अहिले सम्म १७ जनामा डेङ्गो भेटिई सकेको यस स्थितिमा सदरमुकाम र आसपासको क्षेत्रमा न नगरपालिकाले जनचेतना मुलक कार्यक्रम गरेको छ न स्वास्थ्य कार्यालयले कार्यक्रम गरेको देखिन्छ ।
डेङगु एडिज नामक लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । यस रोगबाट बच्नका लागि घर टोल सफा राख्ने र फोहर पानीहरु जम्न नदिने जस्ता सावधानीका उपायहरु अवलम्वन गर्न पनि चिकित्सकहरुले सल्लाह दिएका छन् ।
कसरी बच्ने डेङगुबाट ?
डेङ्गुको प्रकार र लक्षणहरु
यसका लक्षणहरु ३ किसिमका रहेका छन् ।
१.साधारण ज्वरो २. डेङ्गु hemorrhagic ज्वरो ३. dengue shock syndrome ।
१. साधारण ज्वारोः
यसको असर सामान्यतया ५ देखि ७ दिनमा देखा पर्छ । यसमा बिरामीलाई पहिला धेरै चिसो महशुस हुन्छ र पछि जोडले ज्वरो आँउछ र शरिरका जोर्नीहरुमा दुखाई हुन्छ । रोगीको आँखाको पछिल्लो भागमा दुख्छ र आँखा झिम्क्याउँदा झन दुख्छ । भोक लाग्दैन र शरिरमा कमजोरी महशुस हुन्छ साथै घाँटीमा हल्का दुखाई शुरु हुन्छ ।
२. डेङ्गु hemorrhagic ज्वरो
यो रोगमा विरामीलाई वान्ता हुने साथै नाक र पिसावमा रगत देखिने हुन्छ । यो रोग पत्ता लगाउन रगतको जाँच गर्न जरुरी हुन्छ ।
३. dengue shock syndrome
यो खाले डेङ्गुको ज्वारोमा माथी उल्लेख गरिएका डेङ्गुका लक्षण हुनुका साथै जोडले ज्वरो आँउछ तर त्वचा भने चिसो नै रहन्छ । छट्पटी र बेहोस भएजस्तो अनुभव हुन्छ । रक्तचाप कम हुन जान्छ । यो प्रकारको डेङ्गु धेरै खतरनाक हुने र ज्यान पनि लिन सक्ने भएकोले रोगीलाई तत्काल अस्पताल भर्ना गरि हाल्नु पर्छ ।
डेङ्गु रोगको उपचार
साधारण खाले डेङ्गु रोगमा मरिचको paracetamal medicine ले आराम दिन सक्छ । तर यो कुरा याद राख्नु पर्छ कि, यस्तो बेला मरिचको aspirin tablates भने विल्कुल दिनु हुँदैन किनकी यसको सेवनबाट रगतमा platelates कम हुने खतरा हुन्छ । शुरुको लक्षणको आधारमा मात्रै आफूलाई कुनखाले डेङ्गु रोग लागेको हो पत्ता लगाउन मुस्किल हुन्छ । त्यसकारण तत्काल उपचारको लागि डक्टरकहाँ जानु पर्छ ।
डेङ्गुबाट बच्ने घरेलु उपाय
१. भिटामिन सि. युक्त खाद्यपदार्थहरुः सुन्तला, अमला र मौसमी जस्ता चीजहरु सेवनगरि रोग प्रतिरोधी क्षमताको विकासगर्नु पर्छ ।
२. भोजनमा सधैं बेसारको प्रयोग गर्नुृ पर्छ । एक गिलास पानी या दुधमा बेसार मिलाएर खानु राम्रो तर ज्वरो आँउदा भने दुध मिसाउनु हुँदैन । तुलसीको पात हलका महमा उमालेर खानुहोस् जसले रोग प्रतिरोधात्मक क्षमता बढाँउछ ।
डेङ्गु रोग रोक्ने उपाय
क. मच्छडको टोकाइबाट बच्ने, कुलेसो र खोल्साहरुमा मट्टितेल र पेट्रोल छर्कने ।
ख. भाँडा, पुराना टायर र डिब्बाहरुमा पानी जम्न नदिने
ग. झ्याल र ढोकाहरुमा जाली लगाउने ।
घ. झुलको प्रयोगगरि सुत्ने ।
डेङ्गु रोग लाग्दा के खाने
मेवाको पात डेङ्गु रोगको लागि संजिवनी हो । मेवाको २ वटा पात पिसेर रस निकाल्ने । यसमा मह र सुन्तलाको रस मिसाउने । दिनमा नियमित एक पटक यसको प्रयोग गर्नु होस् जसबाट रगतमा उबितभभितक को संख्या बढ्न गई डेङ्गुको किटाणुसित लड्ने क्षमता विकास हुनेछ ।
सुन्तलाको रस
सुन्तलामा भिटामिन भरपुर हुन्छ । जसले पाचन प्रणालीलाई ठिक राख्दछ । सुन्तलाले रगतमा आवश्यक antibodies बढाउँछ जसले डेङ्गुसँग लड्ने क्षमता पैदा गर्दछ ।
हर्बल चिया
हर्बल चियाले ज्वरो कमगर्न मद्दत गर्दछ । हर्बल चियालाई अदुवासँग मिलाएर उपभोग गर्दा फाइदा हुन्छ ।
नरिवलको पानी
डेङ्गुको कारण शरिरमा पानीको कमी हुन्छ । यसको सेवनले शरिरमा पानीको कमी हुन नदिनुका साथै पोषकतत्व पनि प्रदान गर्दछ ।
सुप
काँक्रो, गाजर र अन्य तरकारीको रसको सेवनबाट शरिरमा प्रशस्त मात्रामा पोषक तत्व मिल्दछ । यसलाई सजिलोसित पचाउन सकिन्छ र कमजोर पनमा लाभदायक हुन्छ ।
कागतीको रस
कागतीको रसले रगतमा भएको विषालु पदार्थलाई पिसावको माध्यमबाट बाहिर निकाली रगतलाई सफा गर्दछ । यसकारण डेङ्गुको रोगीको लागि कागतीको रस धेरै लाभदायक सावित भएको छ ।