धादिङ आश्विन १५ । माओवादी केन्द्र धादिङले मंसिर १० गते हुने प्रदेश र केन्द्रिय चुनावको लागि उम्मेदवारको टुङ्ग्यो लगाउन बैठक सुरु गरेको छ ।
आज बसेको पदाधिकारी बैठकले उम्मेदवारको नाम छनौटको लागि गृहकार्य गरेको थियो बैठक भोलि बिहान सम्मको लापिोष्ग स्थगित भएको बैठकमा सहभागि एक नेताले धादिङपोष्टलाई बताए ।
सोमबार बिहान ७ बजे फेरि जिल्ला पदाधिकारीको वैठक बस्ने र दिउँसो बस्ने जिल्ला सचिवालयको बैठकको अनुमोदन पछि उम्मेदवारको नाम सिफारिसका लागि प्रदेश र केन्द्रमा पठाईने बताईएको छ ।
अहिले सम्म चर्चामा रहेका प्रदेश र केन्द्रका उम्मेदवारहरुको नाम पुष्पविक्रम मल्ल, शालिकराम जमकट्टेल, रामबहादुर भण्डारी, ज्योती अधिकारी, ध्रुर्व विक्रम मल्ल, जगत सिंखडा, युवराज खतिवडा, सोम्बोले तामाङ, दिपक विश्वकर्मा, मिम्बा तामाङ र शम्भु श्रेष्ठ रहेको एक पदाधिकारीले बताए । पार्टीले कस्लाई केन्द्रमा र कस्लाई प्रदेशमा उठाउने छलफल सुरुगरेको छ, त्यसैले कस्ले टिकट पाउने कस्ले नपाउने केहि बताउन नसकिने वैठकमा सहभागि एक नेताले बताए ।