राजेन्द्र पाण्डे र शालिकराम जमकट्टेल कै भिडन्त

Avatar photo
Dhadingpost
बिहिबार, अशोज १२, २०७४

धादिङ आश्विन १२ । आगामी मंसिर १० गते हुन गहि रहेको चुनावमा प्रतिनीधि सभा सदस्यका लागि धादिङनिर्वाचन क्षेत्र नं. १ बाट पूर्व मन्त्री तथा एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डे र माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जमकट्टेल बीच नै भिडन्त हुने देखिएको छ ।

प्रदेशबाट चुनाव लडेर प्रदेश मुख्य मन्त्री बन्ने सोचमा रहेका नेता पाण्डे प्रदेशको मुख्य मन्त्रीमा अष्टलक्ष्मी शाक्यको माहौल बन्दै गएपछि पाण्डे केन्द्र (प्रतिनीधि सभा) मा चुनाव लड्ने मनस्थितिमा रहेका एमाले स्रोतले बतायो ।

यस अघि साविकको धादिङ क्षेत्र नं.३ बाट लगातार चुनाव लड्दै आएका पाण्डेले संविधान सभाको दोस्रो निर्वाचनमा यो अन्तिम पटक चुनाव लड्ने पार्टीको बैठकमा सहमति गरेको भन्दै केहि नेताले आलोचना गरेका छन् । नतिजामा अन्तरघात नगर्ने तर चरम गुटमा अल्झिएको नेकपा एमाले भित्र नेपाल खेमामा रहेका पाण्डेलाई धादिङको ओली खेमाले असहयोग गर्ने स्थिति आए पाण्डेले नेपाल खेमा परिवर्तन गरेर भएपनि चुनाव लड्ने सोचमा रहेको स्रोतले बतायो ।

यता नेकापा माओवादी केन्द्र धादिङका नेता शालिकराम जमकट्टेलले भने आफु टिकटको आकाँक्षी नभएको प्रदेश कार्यालयमा पटकपटक जानकारी गराएको प्रदेश कार्यालय स्रोतले जनाएको छ । तर जमकट्टेलको विकल्पमा अर्को पात्र र आकाँक्षी नभएकोले जमकट्टेलको विकल्प नरहेको बताईन्छ ।

पाण्डे र जमकट्टेलमा को बलियो

धादिङको वामपन्थी आन्दोलनका नेता राजेन्द्र पाण्डे विकासका लागि भिजन र प्लानर रुपमा परिचित छन् । तेसो त निर्वाचन क्षेत्र निर्धारण समितिले धादिङको साविको क्षेत्र नं. ३ मा साविकको २ बाट नलाङ सलाङ र कुम्पुर (सिद्धलेक गाउँपालिका) गाभेर बनेको क्षेत्र नं. १ एमालेको राम्रो भोट आउने आकलन गरिएको छ । सिद्धलेक गाउँपालिका नगाब्धा प्रतिपर्धा जस्तो देखिने यस क्षेत्रमा एमालेको गढका रुपमा परिचित सिद्धलेक गाभेपछि एमालेले सजिलै जित्ने आकलन गर्नेहरु पनि धेरै छन् । जति गुट र विरोध गरे पनि एमालेमा अन्तरघातको चलन शुन्यप्राय भएकोले यस क्षेत्र एमालेको लागि राम्रो रहेका आकल गर्न सकिन्छ ।

शालिकराम जमकट्टेल विगत १ वष देखि धादिङमा रहेर जनतकाको घरदैलोमा पुगि रहेका छन् । कहिले काहि धादिङ आउने नेताले जमकट्टेलले सँग प्रतिस्पर्धा गर्न नसक्ने माओवादी स्रोतले बताउँछ । स्थानिय चुनावमा संगठन परिचालनमा समस्या रहेको थियो अव संगठन परिचालन भैसक्यो त्यसैले जमकट्टेलको माहौल राम्रो भएको बताउनेहरु पनि भेटिन्छन् । चरम गुटमा रहेको यस पार्टीमा गुट
कै कारण अन्तरघात हुँदै आएका छन्, गुटलाई समाधान भन्दा फुट र कार्वाहीमा लागेकोले जमकट्टेलाई आफ्नै पार्टीका केहि नेताले उक्त क्षेत्रमा सहयोग नगर्ने माओवादी स्रोतले बतायो यो भयो भने जमट्टेललाई चुनावी नतिजा निकाल्न निकै गाह्रो देखिन्छ ।