म पनि उम्मेदवारको आकाक्षी -भण्डारी

Avatar photo
Dhadingpost
बिहिबार, अशोज १२, २०७४

धादिङ आश्विन १२ । नेकपा माओवादी केन्द्र धादिङका उपाध्यक्ष रामबहादुर भण्डारीले आगामी मंसीर १० गते हुन गहिरहेको केन्द्र र प्रदेशको चुनावमा आफु पनि उम्मेदवारको आकाक्षी रहेको बताउनु भएको छ ।

बुधवार धादिङको बुढाथुम पुगेका भण्डारीले कार्यकर्ता सँग कुरा गर्दै अबको निर्वाचनमा आफु माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बन्ने आकाँक्षा व्यक्त गर्नभएको हो । जिल्ला पार्टीले उम्मेदवारको टुङ्गो लगाई सकेको छैन तर आफु टिकटको दावेदार भएको भन्दै माओवादी केन्द्रलाई जिताउन कै लागि आफूलाई उम्मेदवार बनाउन आव्हान गरि सकेको भण्डारीले बताउनु भएको थियो ।

बुधबार बुढाथुममा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्न पुग्नुभएको भण्डारीले माओवादीले जित्नु पर्छ, कार्यकर्ताहरु चुनावी अभियान बनाएर फेरि घरदैलो अभियानको लागी तयार रहन आग्रह गर्नुभएको थियो ।