धादिङ, आश्विन १० । नेकपा माओवादी केन्द्र धादिङका नेता राजेश अधिकारी एमालेमा प्रवेस गरेका छन् ।
माओवादी केन्द्र धादिङमा अन्तरसंघर्षमा नहार्ने र गुटउपगुटको विपक्षमा अन्तिम सम्म लड्ने बताउँदै आएका अधिकारी आज एमाले अध्यक्ष केपी शर्मा वलीको हातबाट टिका ग्रहण गर्दै एमालेमा प्रवेस गरेका हुन् ।
माओवादी केन्द्र धादिङको जिल्ला कमिटि सदस्य तथा पार्टीको सहायक संगठन वाईसिएलका पूर्व जिल्ला अध्यक्ष समेत रहेका उनी जिल्ला पार्टी अध्यक्ष शालिकराम जमट्टेलको कार्यशैलिको विरोध गर्दै आएका थिए ।
जमकट्टेलको कार्यशैलीको विरोध गरे कै कारण आफूलाई जिल्ला सदस्यबाट निलम्बन गरिएको र छानबिन प्रक्रिया छाडेर वाईसिएलको मर्मविपरित भेला गरेको आरोप लगाउँदै आएका उनी आज एक कार्यक्रमका बीच एमाले प्रवेस गरेका हुन् ।
धादिङमा स्थानिय तहको निर्वाचन पछि जिल्ला अध्यक्षको आलोचना गर्नेहरुको संख्या निकै रहेपनि पार्टी परित्याग गर्ने जिल्ला सदस्य अधिकारी पहिलो हुन् ।
प्रवेस गराउँदै केपी शर्मा वलीले पुरानै घर फर्केकोमा अधिकारीलाई धन्यावाद दिँदै एमालेको विकल्प नरहेको बताउनु भएको थियो । नेकपा एमाले जनताको पार्टी हो, राजनीति स्वार्थ रहित हुनुपर्ने बताउँदै सबै जझारु, विकास प्रेमी र शान्ती चाहानेहरुलाई एमालेमा गोलबन्ध हुन आग्रह गर्नुभएको थियो ।