विदेशिएकाहरु दशैमा निर्वाध रुपमा स्वदेश फिर्न सकुन्

Avatar photo
Dhadingpost
सोमवार, अशोज ९, २०७४

उत्तम बि.क. ।
नेपालीहरुको महान् चाड बडा दशैं यतिबेला नेपालीहरुको घर दैलोमा भित्री सकेको छ । स्वदेश तथा विदेशमा रहेका आफन्तजनहरु घर फर्किनेक्रम चलिरहेको छ । साना ठुला सबैको मुखमा दशैं/दशैं शब्दहरु उच्चारण हुन थालेका छन् । वर्ष दिनमा आउने चाडलाई निकै रमाईलो संग मनाउने तयारी सबैले गरि सकेका छन् ।

यस्तै खुशी र हर्षको बिचमा आएको दशैंमा परदेशबाट घर जान नपाएका नेपालीहरुको लागी भने यतिबेला दशै चाड उहि सम्झनामा मात्रै सिमित हुन पुगेको छ । त्यसमा पनि यतिबेला खाडीमुलुकमा घरेलु कामदारको रुपमा गएका कामदारहरुको लागी त अभिशाप नै बन्न पुगेको छ ।

नेपाल सरकार र बैदेशिक रोजगार विभागले घरेलु कामदारलाई श्रम स्विकृति नदिने निर्णयले दशैमा घर फर्किने सोचमा रहेका घेरै नेपालीहरु यतिबेला घर फर्किन पाएका छैनन् । घर फर्किए बिदेश फर्किन नसकिने नफर्किए दशैं मनाउने सपना अधुरो नै रहने भएको कारण यतिबेला धेरै नेपालीहरु चिन्तित बनेका छन् । पैसा कमाएर धनि बन्ने र आफ्नो परिवारलाई दुःखबाट उन्मुक्ति दिने सपना देखेर पनि धेरै नेपालीहरुले सरकार र सम्बन्धित निकायको विना योजना र सोच विचार ल्याएको नियमको कारण अनावश्यक दुःख भोग्न पर्दा सरकार भनेको धनिमानीहरुको लागी मात्रै रहेछ गरिबहरुको लागी त कसैले केहि नगर्ने रहेछ भन्ने अवस्थामा पुगेका छन् । आफुले काम गर्ने ठाउँबाट बल्ल तल्ल छुटि मिलाएर नेपाल फर्किन तयारीमा रहेका नेपाली श्रमिकहरुलाई आफ्नै देशको निति र नियम देखेर दिक्क छन् । सरकारले नियम बनाउँछ तर दलाल, घुसखोरीहरुले सरकारको नियम र कानुनलाई कौडीको भाउमा किनबेच गर्ने गर्दछन्, भने त्यही मारमा गरिब निमुखाहरु पिल्सिएर बस्न बाध्य हुन्छन् ।

दशैं तिहार मनाउन तथा आफन्तहरु संग भेटघाट गर्नको लागी ठुलो सपना बोकेर बसेका नेपाली श्रमीकहरुको लागी नत नेपाल सरकारले कुनै चासो दियो नत सम्बन्धित निकायले नै सधै यसरी नै अन्योलको अवस्था श्रृजना गर्ने हो भने के अब नेपालबाट घरेलु कामदारको रुपमा बिदेश पुगेका नेपालीहरुले स्वदेश फर्किएर दशै तिहार लगायतको चाडपर्र्व मनाएर फर्किन नपाउने नै हो त ? यदि त्यस्तो हो भने स्वदेशमा स्वरोजगारको व्यवस्था किन गर्न सक्दैन ? स्वदेशमा पनि गरिखाने बाटो नदिने बिदेशमा पनि काम गर्न जान सहज वातावरण नबनाएर के देशमा वेरोजगार, भोकमारीको अवस्था श्रृजना गर्ने हो ?

कहि नभाएको जात्रा हाँडी गाउँमा भने झैं विश्व कहाँबाट कहाँ फडको मारी सकेको यो दुनियाँमा पनि नेपालको अवस्थामा सुधार ल्याउन सम्बन्धित निकाय किन मौन छ ? के नेपाल कुनै नियम कानुन नभएको देश हो ? नत्र देश चलाउने शासकहरु किन दलाल, घुसखोरी, फटाह र देशद्रोहीहरुलाई कानुनी दायरामा ल्याउन सक्दैन ? जतापनि विना बिकल्पका योजना बनाएर गरिब जनताहरुको रोजीरोटी खोसिने काम किन हुन्छ ? भिजिट भिसामा कडाई गरेर सुधार ल्याउने बहानामा भिजिट भिसा बन्द गरियो, तर त्यही भिजिट भिसामा बिदेश पठाउने दलालहरु सक्रिय छन् खै भिजिट भिसा बन्द भएको ? के भिजिट भिसा बन्द सोझा सिधाको लागी मात्रै हो ? नत्र दलाललाई किन कारबाही हुँदैन ? बर्षौ बिदेशमा काम गरेर छुटिमा घर फर्किने कामदारलाई नेपाल सरकार र वैदेशिक रोजगार विभागलाई श्रम स्विकृति दिन के अप्ठयारो भयो ? आउजाउ गरि रहेका मानिसहरुले दुःख पाएको भए फेरि त्यही ठाउँमा जान खोज्दैनन राम्रै भएर मात्र त्यही ठाउँमा फर्किने हुन त्यसमा रोकतोक गर्नुको कुनै अर्थ छैन ।

यतिबेला लाखौं नेपाली श्रमीकहरु दशँै मनाउन घर जानबाट बन्चित भएका छन् किन सम्बन्धित निकायले ध्यान दिन सक्दैन ? विकसीत मुलुकहरुमा नत भिजिट भिसामा रोक छ नत कामदार भिसामा नै, खै त त्यही देशका मानिसहरु धनि छन् । विभिन्न देशमा जान्छन काम गर्छन् कमाएर फर्किन्छन । नत सरकारले रोक्छ, नत नियम कानुनले नै त्यही देशका नागरिकहरु धनि पनि छन् ।

त्यही देशमा कानुन पनि कडा छ, धनि गरिब ठुलो सानो भनेर कानुनले भेदभाव गर्दैन त्यही देशहरु अगाडी छन् । तर हाम्रो देशमा भने जो कङ्गाल त्यही चण्डाल भने झैं अनावश्यक नियम र कानुन बनाएर गरिब सोझा सिधालाई लादेर नत देश अगाडी बढछ, नत नेपाली समाज नै, फाईदा लिने भनेका त्यहि अवसरबादीहरु नै हुन जस्ले देश र जनता भन्दा व्यक्ती, पैसा र पावरमा शक्तीको दुरुपयोग गर्छन् । तसर्थ हरेक नेपालीहरुले नेपाली भएर जिउने अवसर पाउनु पर्छ नियम कानुन बनाएर मात्र समस्याको समधान हँुदैन समस्या समधानको लागी विकल्पहरुको खोजी हुनुपर्छ । विना विकल्प ल्याएको योजनाले देश र जनतालाई फाईदा हुँदैन ।

यतिबेला सरकार र बैदेशिक रोजगार विभागको लापरबाहीको कारण नेपाल फर्किएर आफ्नो घरपरिवार आफन्त सँग दशैँ मनाउने सपना बोकेका प्रवासमा रहेका घरेलु कामदारहरु नेपाल फर्किन नपाएको गुनासो सबैतिर छ, तत्काल सम्बन्धित निकायले त्यसतर्फ ध्यान पु¥याउन सकेको खण्डमा नेपालीहरुको अन्य चाडपर्वमा भएपनि स्वदेश फर्किएर रमाईलो गरि आफन्तहरुसंग रम्ने रमाउने र चाडवाड सकिएपछि पुर्ण कर्मथलो फर्किने वातावरण निर्माण होस २०७४ सालको बिजयादशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।