धादिङ अश्विन ८ । धादिङबेसी र उत्तरी भेग दार्खा, तिप्लिङ, सेम्जोङ लगायत अन्य स्थानहरुमा जाने यात्रुको संख्या बढ्दो क्रममा रहेको छ ।
जिल्ला बाहिर रहेर विभिन्न पेशा व्यावसाय तथा अध्ययनको लागि आफ्नो थलो छाडेका र विदेशबाट दशैको लागि घर फर्कन थालेपछि यात्रुको संख्यामा वृद्धि भएको हो ।
काठमाडौबाट धादिङ आउने यात्रुहरुको संख्या पनि आज देखि ह्वात्तै बढेको छ, यात्रुको संख्या वृद्धि भएपछि सवारी साधनलाई भ्याई नभ्याई भए सँगै धादिङ यातायात र ग्रामिण यातायातका सबै गाडीहरु बेलुका काठामाडौ पुग्ने र बिहानै देखि यात्रु बोक्न तल्लिन छन् ।
हिजो देखि यात्रुहरु दिनहुँ जसो बसपार्कमा आएर बस कुर्न बाध्य भएका छन् । २-३ दिन देखि बसपार्क आएर बस कुरेर बस्दा पनि आफुहरुले बस नपाएको सेम्जोङका कान्छा तामाङले बताउनुभयो । प्राय बसहरु बसपार्क आई नपुग्दै रिजर्भ भएर जाने भएकोले आफुहरुले बस नभेटिएको गुनाको तामाङको छ ।
टिकट काउन्टरमा गएर सोध्दा बस छैन भन्ने र बस आउनु भन्दा अगाडि नै बस बुकिङ भैसक्ने हुनाले बस नपाएको गुनासो गरेका छन् ।
रिर्जर्भको नाममा बसहरुले यात्रु ठग्ने विगतको इतिहासलाई नियन्त्रण गर्ने बताईए पनि यात्रुहरु अहिले नै रिजर्भको नाममा धादिङ आउन सकस भैरहेको यात्रुहरुको गुनासो भएको छ ।
मालवाहक सवारीको भर
ग्रामीण सडकमा आएसँगै ग्रामिण सडकमा यात्रुवाहक सवारी कम गएकोले गर्दा मालवाहक सवारीले यात्रु बोक्न थालेका हुन् । विषेश गरी स्वराज ट्रकले यात्रु बोकेकोले गर्दा नियन्त्रण गर्नको लागि खटिएको ट्राफिक प्रहरी कार्यलय धादिङका हवल्दार बुद्धि बहादुर मगरातीले बताउनुभयो ।
उहाँले कतिपय चालकले लाईसन्स विल बुक नलिई सवारी चलाउनाले गर्दा दुर्घटना बढ्न सक्ने बताउनुभयो । त्यसैगरी सल्यानटार आरुघाट सडकखण्ड, टोड्के, दार्खा लगायतका सडकखण्डमा चेकजाँच गरीरहको बताउनुभयो ।
उहाँले केहि दिनदेखि चालकहरुलाई प्रशिक्षण दिएको समेत बताउनुभयो । साथै नियम उल्लङ्घन गर्ने सवारी र चालकलाई कारबाहि गर्ने बताउनुभयो । सवारीचालकले आवश्यक कागजपत्र नबोकी हिड्दा यात्रुहरुले समेत सास्ती भोग्नु परेको छ । सवारी र चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि अलपत्र पर्नुभएको यात्रु कमल बहादुर खड्काले ट्राफिकको यस कार्यलाई सकारात्मक भएको र पछि सम्म पनि चेक जाँच गर्नुपर्ने बताउनु भयो ।
उहाँले कतिपय चालकको विश्वासमा गर्दा अलपत्र पर्ने साथै मालबाहक सवारीले क्षमता भन्दा बढि सामान ओसारपोसार गर्ने जस्ता कार्यले गर्दा दुर्घटना बढ्दो क्रममा रहेको बताउनुभयो । नियमानुसारको काम सधैं प्रशासन र सम्बन्धित निकायले गर्नुपर्ने यात्रुहरुको भनाइ छ ।