धादिङ आश्विन ७ । नेपाली काँग्रेस धादिङले नेपालीहरुको वडादशैं तथा शुभ दीपावली २०७४, नेपाल संवत ११३८ र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान असोज ९ गते गर्ने भएको छ ।
धादिङबेसी स्थित निर्माणाधीन बीपी स्मृति भवनमा हुने शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह आउने कार्यक्रम रहेको नेपाली काँग्रेसका जिल्ला कमिटि सदस्य नवराज तिमल्सिनाले बताउनु भयो ।
राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा स्व. बी.पी. कोर्इराला प्रवासबाट स्वदेश फर्किय पछि शुरूवात गर्नुभएको उक्त शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम प्रत्येक बर्ष दशैंको अवसर पारेर नेपाली कांग्रेसले कार्यक्रमलाई निरन्तरता दिदैं आएको छ ।
कार्यक्रममा धादिङ स्थित राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, सरकारी तथा ग़ैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, नागरिक समाज, बुद्धिजिवी, पत्रकार, प्राध्यापक, उद्योगी, व्यापारीहरु र खुल्ला रुपमा सबै शुभचिन्तकहरुलाई आमन्त्रण गरिएको समेत तिमल्सिनाले धादिङपोष्टलाई बताउनु भयो ।