विवेक अर्याल
सिद्धलेक, आश्विन ७ । वेनिघाट रोराङ गाँउ पालिका अध्यक्ष हरिडल्लाकोटीले शैक्षिक उन्नयनमा बेनिघाट गाउँपालिकाबाट जिल्ला प्रथम भई एसइइ परिक्षाको नतिजा निकालेको भन्दै गाउँपालिकाले कम्प्यूटर प्रदान गर्ने बताउनु भएको थियो ।
नेपाल कै एकमात्र विद्यालय संचालन गरि रहेको व्राईट फ्यूचर ईङलिस वोर्डिङ स्कूल सहकारी संस्था लि. वेनिघाट रोराङ–३, मलेखुको चौधौं वार्षिक साधारण सभा तथा अभिभावक भेलाको उद्घाटन कार्यक्रममा वोल्दै पालिका प्रमुख डल्लाकोटिले उक्त घोषणा गर्नुभएको हो ।
यसैगरी विषेश अतिथि राष्ट्रिय सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष मिनराज कंडेलले राज्यका तिन खम्वे अर्थनीति भित्र सहकारी प्रमुख रहेको र हाल मात्रै सरकारले विद्यालय ऐन पारित गरेकाले सहकारीको माध्यमवाट खुलेका विद्यालयहरुलाई अबका दिनहरुमा सहज हुने बताउनु भयो ।
कार्यक्रममा वेनिघाट रोराङ गाँउ पालिका उप प्रमुख देवि प्रसाद सिल्वाल, सहकारीका नि.वर्तमान अध्यक्ष तथा वेनिघाट रोराङ ३ का वडाध्यक्ष भुवन त्रिपाठी, सिद्धलेक गाँउपालिका ४ का वडाध्यक्ष रामहरी वराकोटि, वागेश्वरी उच्च मा.वि रिचोकटारका प्राचार्य देव प्रसाद त्रिपाठी लगायतको उपस्थिति रहेको थियो ।
साधारण सभावाट सहकारीले राजकुमार त्रिपाठीको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिती चयन गरेको छ । उपाध्यक्षमा पवित्रा कडेंल, सचिवमा निरञ्जन कडेंल, कोषध्यक्षमा अशोक खनाल, सदस्यहरुमा टकंनाथ शर्मा तिमिल्सिना, रञ्जिव कुुमार त्रिपाठी, ध्रुव पाण्डे, मिरा त्रिपाठि, फडिन्द्रराज सिल्वाल, गोपाल सिल्वाल, रामेश्वरी त्रिपाठी रहेका छन् ।
यसैगरी दिवाकर कडेंलको अध्यक्षतामा विदुर कडेंल सचिव र सम्झना कडेल रहनेगरी ३ सदस्यिय लेखा समिति र रिता रावलको संयोजकत्वमा लक्ष्मी वराकोटि र सुरजवावु खड्का गरी ३ सदस्यिय शिक्षा उप समिति तथा वेनिघाट रोराङ ३ का वडाध्यक्ष भुवन त्रिपाठी, सिद्धलेक गाँउपालिका ४ का वडाध्यक्ष रामहरी वराकोटि, र राम प्रसाद पाण्डे गरी ३ सदस्यिय सल्लाहकार समिति समेत गठन गरिएको प्रधानाध्यापक कल्पना सिल्वालले जानकारी दिनुभयो ।