फोटो पत्रकार समुह अब महासंघमा रुपान्तरण हुने

Avatar photo
Dhadingpost
शनिबार, अशोज ७, २०७४

धादिङ असोज ७ । राष्ट्रिय फोटो पत्रकार समुह अब फोटो पत्रकार महासंघ बन्ने भएको छ । शुक्रबार काठमाडौमा सम्पन्न २१ वार्षिक साधारण सभाले विधान संशोधन गरि कानुनी प्रक्रिया पुरा गरि तिहार अघि नै महा संघ बनाउन वर्तमान कार्य समितिलाई जिम्मा दिए सँगै महासंघमा रुपान्तरण हुने भएको हो ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नूभएको राष्ट्रिय फोटो पत्रकार समूहको २१ औँ वार्षिकोत्सव समारोहमा फोटो पत्रकारितामा योगदान गर्नेहरुलाई पुरस्कृत समेत गरिएको थिायो ।

कार्यक्रममा मन्त्री बस्नेतले सञ्चार क्षेत्रको विकास भएमात्र मुलुकको विकास हुने भन्दै सञ्चारमैत्री वातावरण निर्माणका लागि मन्त्रालय लागिपरेको बताउनुभएको हो । “सूचना प्रविधिको विकासका कारण संसारका धेरै मानिसहरु धनी बनेका छन् र धेरै देशले विकास गरेका छन्,”–मन्त्री बस्नेतले भन्नुभयो । सञ्चारमन्त्री बस्नेतले सूचना प्रविधिको क्षेत्रलाई देशभर विस्तार गर्ने गृहकार्यमा सरकार जुटिरहेको स्पष्ट पार्नुभयो । “कात्तिक मसान्तभित्र देशका हरेक कुनाकाप्चामा टेलिफोन सेवा पु¥याउनेगरी काम गरिरहेका छौँ,”–उहाँले भन्नुभयो ।
राष्ट्रिय आमसञ्चार प्रतिष्ठान निर्माण, न्यूनतम पारिश्रमिक कार्यान्वयनलगायतका आधारभूत कुरालाई लागू गर्ने कुरामा मन्त्रालय गम्भीर भएर लागेको उहाँको भनाई थियो ।

उहाँले मुलुकको हरेक परिवर्तनमा फोटो खिच्ने नाउँमा आफ्नो ज्यानलाई जोखिममा राखेर फोटो पत्रकारहरुले पु¥याएको योगदानको उच्च प्रशंशा गर्नुभयो । सञ्चारमन्त्री बस्नेतले फोटो पत्रकारहरुलाई परेको समस्याको समाधानका लागि मन्त्रालय सदैव सकारात्मक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले विद्यागत पत्रकारिताको विकासका लागि फोटो पत्रकारहरु संस्थागत रुपमा अगाडि बढेको भन्दै आगामी दिनमा अझ शशक्त भएर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले फोटो पत्रकारिताका नाममा पत्रकारहरुले लाखौँ रुपैँया खर्च गरेर क्यामरा किनेपनि क्यामरा र मान्छेको बिमा नहुँदा समस्या परेको भन्दै मन्त्रालयले उक्त कुरामा विशेष ध्यान दिन आग्रह गर्नुभयो । प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले नेपाली पत्रकारिताको विकासमा फोटो पत्रकारहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । समूहका अध्यक्ष धुब्र आले, पूर्व अध्यक्ष कविन्द्रमान शाक्य, राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्ष शिव अधिकारीलगायतले फोटो पत्रकारिताको विकासका लागि राज्यले विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो ।

विसं २०५३ सालमा स्थापना भएको समूहमा हाल ३१ जिल्लाका ४०० भन्दा बढी फोटो पत्रकार आवद्ध रहेको समूहका सचिव प्रदीपराज वन्तले जानकारी दिनुभयो । सो कार्यक्रममा विभिन्न विद्यामा फोटो पत्रकारितामार्फत योगदान पु¥याएको भन्दै पाँचजना फोटो पत्रकारलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा गोरखापत्र दैनिकका फोटो पत्रकार राजेन्द्र चित्रकार, मनोरञ्जन फोटो पत्रकार कविन्द्रमान शाक्य, संस्कृति तथा सम्पदा फोटो पत्रकार गणेशकुमार श्रेष्ठ, शाहसीक फोटो पत्रकार राजेश गुरुङ र पर्यटन फोटो पत्रकार किरण आचार्य रहनुभएको छ ।