धादिङ आश्विन ३ । धादिङबाट पोखरामा विभिन्न पेशा गर्दै आएका ३ जना युवालाई ३ दिनको बीचमा गरिएको सांघातिक हमला प्रति धादिङ-पोखरा सम्पर्क समाजले खेद व्यक्त गरेको छ ।
समाजले आज एक विज्ञपती जारी गर्दै आईतबार साँझ धादिङ ज्यामरूङका सुरज थापा र सुमन थापामाथि र सोमबार साँझ धादिङ कल्लेरीका चन्द्र श्रीमलमाथि भएको सांघातिक हमला को विज्ञप्ती मार्फत खेद व्यक्त गरेको हो ।
ज्यामरुङका थापाद्वय उपचार पश्चात घर फर्किएका छन् भने कल्लेरीका श्रीमलको पोखरा न्युरोडस्थित मोडल हस्पिटलमा उपचार भईरहेको छ । उहाँको अवस्था गम्भीर छ तर खतरामुक्त छ ।
चाडपर्व नजिकिंदै गर्दा पोखरामा आपराधिक समूह सक्रिय भएकोले सबैमा एकखालको त्रास सिर्जना भएको छ । साँझ बिहान घर बाहिर निस्कन नसकिने अवस्था छ । यसमा सुरक्षा प्रशासन कमजोर देखिएको छ । आपराधिक गतिविधि धादिङवासी मात्र होइन जो कोहीले गर्न र गराउनु निन्दनीय कार्य होसमाजका महासचिव हरि पन्तले सार्वजनिक गर्नुभएको पे्रस विज्ञप्तीमा भनिएको छ ।
विज्ञपतीमा भनिएको छघटनाका दोषीलाइ यथाशीघ्र पक्राउ गरी कडा कानुनी कार्वाही गर्न सुरक्षा निकाय र प्रशासनसँग जोडदार माग गर्दछौं । साथै यथाशीघ्र दोषी पक्राउ गरी कार्वाही नगरिए धादिङवासीले कडा संघर्षका गतिविधि सञ्चालन गर्ने चेतावनी दिन चाहन्छौं ।