अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा वाईसिएलको भेला सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, अशोज १, २०७४

धादिङबेसी असोज १ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग वाईसिएल जिल्ला समिति धादिङको भेला जिल्ला अध्यक्ष र उपाध्यक्षको उपस्थिति विना नै सम्पन्न भएको छ ।

जिल्ला अध्यक्ष राजेश अधिकारी र उपाध्यक्ष लक्ष्मण रम्तेललाई माओवादी केन्द्र धादिङले चुनावमा अन्तरघात गरेको आसङ्कामा केहि महिना पहिला छानविनको लागि भन्दै निलम्बन गरेको थियो ।

अध्यक्ष र उपाध्यक्ष निलम्बीत भएको बखत भेला भएको धादिङमा यो पहिलो पटक हो । नियोजित रुपमा गुटगत मानसिकतामा आफुलाई निलम्बन गरिएको र निलम्बनलाई छानविको प्रक्रिया अगाडी नबढाई विधि र पद्धति बाहिर गएर भेला गरिएको जिल्ला अध्यक्ष राजेश अधिकारीले धादिङपोष्टलाई बताउनु भयो ।

यस्तै निलम्बीत उपाध्यक्ष लक्ष्मण रम्तेलले नबोलाए पनि भेलामा गएको र सदस्यको नाताले बोल्न समय मागेको तर बोल्न दिईएन भेला कित हामीलाई कार्वाही गरेर हुनुपर्दथ्यो कित निलम्बन फुकुवा गरेर भेला गरिनु पर्दथ्यो, नियोजित रुपमा भेला आयोजना गरिएको बताउनु हामीलाई बताउनु भयो ।

माओवादी केन्द्र धादिङका जिल्ला अध्यक्ष शालिकराम जमकट्टेलको प्रमुख अतिथ्यतामा शनिबार सम्पन्न भेलाले पुरानो राजेश अधिकारी अध्यक्ष रहेको ७१ सदस्यीय जिल्ला समिति भङ्ग गर्दै, राम थापा (पहाड) अध्यक्ष रहने गरी ३९ सदस्यीय कमिटि बनाएको छ ।

(यस अघि १५ भन्दा बढी बाईक र्याली सहित यस अघि गरिएको जिल्ला सम्मेलनको समाचार पढ्न तलको लिंक क्लिक गर्नु होला)
तेस्रो जिल्ला सम्मेलनबाट ४ उपाध्यक्ष सहित राजेश अधिकारी अध्यक्षमा चयन