मासु खाईन्छ, खानु पर्छ, तर कस्तो खाने ? -डा. पन्त

Avatar photo
Dhadingpost
शनिबार, भदौ ३१, २०७४

धादिङ भाद्र ३१ । धादिङका डा. कृष्ण पन्तले दशैको शुभकामना दिँदै दशैमा मासु खाइन्छ, खानु पनि पर्छ, तर मासु खाँदा २ कुरामा ध्यान दिनुपर्ने बताउनु भएको छ । काठमाडौ बालाजुमा मण्डली उमावि फुलखर्कका पूर्व विद्यार्थीहरुको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पन्तले यस्तो बताउनु भएको थियो ।

दशै होस् वा अन्य कुनै पनि बेला मासु स्वस्थ्यकर हुन आवस्यक छ, साथै हामीले मासु खाँदे गर्दा ध्यान दिनु पर्ने २ कुरा मध्य पहिलो कुरा छाला खाँदै खान हुन्न र अर्को बोसो, यी दुई चिज हटाएर मासु खान कार्यक्रममा उपस्थित पूर्व विद्यार्थीहरुलाई डा. पन्तले आग्रह गर्नुभएको हो ।

मण्डली उमाविका पूर्व ६१ जना आजिवन सदस्य रहेको मण्डली फुलखर्क भूपू विद्यार्थी क्लवको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै त्यस विद्यालयका पुराना गुरु स्थिर प्रसाद खनालले क्लवलाई राजनीतिक गन्द आउन नदिन विशेष आग्रह गर्दै नयाँ र पुराना भूतपूर्व विद्यार्थीहरुको जमघटमा आफु उपस्थित हुन पाउँदा हर्षित भएको बताउनु भएको थियो ।

यस्तै भुतपूर्व विद्यार्थी तथा ग्यास व्यवसायी महासंघका महासचिव चन्द्र सापकोटाले क्लव जन्मिएको छ, यसलाई कुनै पनि पार्टीको गन्ध दिन नहुने बताउँदै सिंहदरवारको अधिकार गाउँमा गईसकेको यस स्थितिमा क्लवले पनि अब मण्डली उमावि र फुलखर्कलाई केहि उदाहरणिय काम गरेर देखाउनु पर्ने जोड दिनु भएको थियो ।

शुभकामना मन्तव्यका क्रममा सापकोटाले हामी मण्डली माविमा अध्ययनरत विद्यार्थी आज करोड पति देखि लखपति छौ । उच्च सरकारी अहोदा देखि विभिन्न क्षेत्रमा क्रियाशिल छौ, आफ्नो स्कुल र गाउँलाई किन केहि उदाहरणिय काम नगर्ने सोच त्यतातिर केन्द्रित गर्न समेत आग्रह गर्नुभएको थियो ।

फुलखर्क कल्याणकारी समाजका अध्यक्ष कुमार अधिकारी, गंगाजमुना विकास क्लवका गकुल सिंखडा, छहारी बचत तथा ऋण सहकारीका अध्यक्ष राम कुमार अधिकारीले शुभकामना दिँदै समृद्ध मण्डली उमावि, समृद्ध फुलखर्कका लागि क्लवको अपरिहार्यता रहेको बताउनु भएको थियो ।

५ लाख अक्षयकोष खडा गरेको यस क्लवका अध्यक्ष ध्रुर्वकुमार वानियाँले क्लवको अधिवेशन कार्तिक मसान्त सम्ममा गर्नु पर्ने वाध्यात्मक परिस्थित रहेकोले आजिवन सदस्य बन्न सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो ।