धादिङ भाद्र ३० । धादिङ सृजनाको खानी एवम प्राकृतिक, सास्कृतिक, धार्मिकताको जिल्ला भएको नेपाल प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति एवम कार्यक्रमका प्रमुख अतिथि विष्णुविभु घिमिरेले बताउनु भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा स्रस्टा प्रतिस्ठान नेपाल धादिङ शाखोको संयोजनमा धादिङबेसीमा भएको कार्यक्रममा घिमिरेले यस्तो बताउनु भएको हो ।
दुई दिवसिय साहित्य र संस्कृति विषयक विचार गोष्ठी एवम सम्पदा अवलोकन कार्यक्रममा साहित्यकला राजनितिक भन्दा एकदम फरक भएको हुँदा समाजको हरेक वृकृति विसङगती यसले उखेल्नुको साथै सृजना सधै अमर रहने समेत उहाले बताउनु भयो ।
कार्यmममा डाः नवीनबन्धु पहाडीले धादिङको साहित्यक इतिहास र वर्तमान अवस्थाको चिरण गर्नुभएको थियो त्यसैगरी प्रध्यापक रामहरि लम्सलले धादिङको धार्मिक, सांस्कृतिक एवम् पुरातात्त्विक इतिहासको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
धादिङको धार्मिक, सांस्कृति र पुरातातिवक इतिहास मन्दिर मठ, गुब्बा गढी चैत्य, पुरातात्विक प्रचलित भाँडाकुडीको अध्ययन अनुसन्धान, धार्मिक आस्थाको संस्कृतिमा विशेषत महादेवस्थान, देवीस्थान, गणेस्थान, भीमसेनस्था, बौद्ध गुम्बा आदिको बारेमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कवि तथा उपन्यासकार हेम प्रभास नवीनबन्धु पहाडी, सप्रने धादिङका अध्यक्ष हरिशरण अर्याल,सुनिता शाखकर्मी पत्रकार, नीलकण्ठ बहुमुखी क्यामस प्रमुख नवराजशर्मा,चिल्डेनपार्क विद्यालयका प्रमुख स्रष्टिकुमार श्रेष्ठ नारी जागरण केन्द्रकी अध्यक्ष भगवती उप्रेती , नेपाली काग्रेस सभापती रमेश धमला, अग्रज पत्रकार राजेद्यद्र प्रताप शाह, विभिन्न विद्यालयका शिक्षक विद्यार्थी,संघसंस्थाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रम शनिबार सम्म हुने आयोजक संस्थका अध्यक्ष हरिशरण अर्यालले जानकारी दिनुभयो ।